परिवारै दुर्घटनाको शिकार पासाङल्हामुदेखि आङछिरिङसम्म

१२ वर्षपछि ताप्लेजुङमै बुधबार हेलिकप्टर दुर्घटनामा परी व्यावसायी आङछिरिङ शेर्पा, पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाको मृत्यु भयो। शेर्पाको परिवारमा भएको यो तेस्रो दुर्घटना हो। पटक पटक भइरहने हवाइ दुर्घटनाले नेपालीको हवाइ सेवाको सुरक्षामाथि पनि प्रश्नचिह्न उठाएको छ ।

२०५५ सालमा आङछिरिङका कान्छा भाइ टेण्डी शेर्पा रेस्क्यू गर्न जाँदा सोलुखुम्बुको बासा भन्ने ठाउँमा एमआइ १७ हेलिकप्टर दुर्घटनामा परी बितेका थिए । उनकी भाउजू पासाङ ल्हामु शेर्पाको २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी फर्कने क्रममा हिमपहिरोमा परेर ज्यान गएको थियो ।

लाक्पा सोनाम, आङछिरिङ र टेण्डी शेर्पा ३ दाजुभाइमध्ये दुईजना हेलिकप्टर दुर्घटनामै मृत्यु भएको छ । हिमाली जिल्ला सोलुखम्बुमा जन्मेर पर्यटन र हिमाल केन्द्रीयत व्यवसायमा लागेको उनको परिवार दुर्घटनाको शिकार भइरहेको छ । ३५ वर्ष भरिया बनेर पर्यटन क्षेत्रमा काम थालेका शेर्पाले निधनले देशले एक होनाहार व्यवसायी गुमाएको छ । होटल, एयरल्यान्स, हेलिकप्टर र दर्जनौं कम्पनी स्थापना गरी देशको अर्थतन्त्रमा सहयोग गर्दै आएका उनलाई नेपाल सरकारले उत्कृष्ट राजश्व बुझाए बापत पोजेरो गाडीसमेत उपहार दिएको थियो ।

शेर्पा परिवारको जन्मस्थान सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका पाङगोम हो । दिदी आङदामी शेर्पाले सञ्चालन गरेको ‘शेर्पा सोसाइटी ट्रेक’ बाट पर्यटन क्षेत्रमा सम्लग्न भएका आङछिरिङ शेर्पाले २०४० सालदेखि थामसेर्कु ट्रेकिङ कम्पनी स्थापना गरी काम गर्दै आएका थिए। धरानकी चन्दा राईसँग वैवाहिक सम्बन्ध गाँसेका आङछिरिङको पासाङ र नुर्वु गरी दुई छोरा छन्।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।