पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सबार सबैको मत्यु भएको छ । होलीकोप्टरको पूरै भाग जलेर ध्वस्त भएको छ।
ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार ७ जनाको शव फेला परेको छ। फुङलिङ नगरपालिका १० काफ्लेपाटीमा भएको दुर्घटनास्थलमा ७ जनाको शव फेला हो । फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई ुताराुले ७ जनाकै शव फेला परेको पुष्टि गरे। दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपािलकाको सीमा क्षेत्रमा पर्छ। यो क्षेत्र प्रशिद्ध तिर्थस्थल पाथीभराको नजिकै पर्छ ।
घटनास्थलतर्फ जिल्लास्थित सरकारी अधिकारी तथा प्रहरीसहितको उद्दार टोली जाँदै छ । कलसाइन एएमआई ९अल्फा माइक इन्डिया० रहेको हेलिकोप्टर काठमाडौंबाट बुधबार बिहान साढे ८ बजे उडेको थियो।
तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न टोली गएको थियो। मन्त्रीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन गुरुङ लगायत थिए। हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।




