नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकता २ थान अत्याधुनिक हतियारसहित पक्राउ परेका छन् । बुधबार प्रहरीले धरानको पानमारा सडकखण्डमा मोरङको बेलबारी नगरपालिका १० का देवकुमार लिम्बूलाई लङ मेसिन गन र एम–१६ सहित पक्राउ गरेको हो । उनी मोटरसाइकलबाट मोरङतर्फ जाँदै थिए ।
प्रहरीले हतियार बरामद गरेपछि एक जना कार्यकर्ता भने भागेका छन् । पक्राउ परेका नेकपाको पूर्वी ब्यूरो सदस्य रहेको बताइएको छ। सेनाले प्रयोग गर्दै आएको हतियार विप्लव कार्यकर्ताबाट बरामद भएपछि नेपाली सेनाको टोली पनि त्यहाँ पुगेको छ । एम १६ नेपाली सेनासँग मात्रै रहेको छ ।






