कहिले थामिएला झरी र हिमपात ?

देशभर मेघगर्जनसहितको वर्षाले जनजीवन प्रभावित भएको छ । हिमाली र उच्च पहाडी भेगमा फेरि हिमपात हुने सम्भावना बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मेघगर्जनसहित वर्षा हुने भएकाले चट्याङको पनि खतरा भएको जनाएको छ । अहिले पूर्वी र पश्चिमी जिल्लाका उच्च पहाडी भूभागमा हिमपात तथा देशका धेरै ठाउँमा पानी परिरहेको छ।

मौसमविद् बासीले भनिन्, ‘पोखरा, नेपालगन्ज, भरतपुरमा अहिले पानी परिहेको छ भने जोमसोमलगायत हिमाली क्षेत्रमा वर्षा भइरहेको छ।’

बिहीबारबाट मौसम खुल्ने सम्भावना छ। तर केही ठाउँमा हल्का वर्षाको सम्भावना भने छ।