ललितपुर नख्खु बम विस्फोटका योजनाकारलाई प्रहरीले प्रकाउ गरेको छ । प्रहरीले कलंकीबाट योजनाकार सूर्य भुजेललाई प्रक्राउ गरेको हो । शुक्रबार राती एनसेल टावरमा भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको थियो भने २ जना घाईते भएका थिए ।
घटनाको जिम्मेवारी विप्लव समूहले लिएको थियो । प्रक्राउ परेका भुजेल विप्लवका नातेदारसमेत हुन्। राज्यलाई तिर्ने पर्ने कर नतिरेको लगायतका आरोप लगाउँदै जनकारवाहीको रुपमा एनसेल टावरमा आक्रमण गरेको पार्टीले जनाएको थियो ।






