सिजनको चौथो उपाधि उचाल्ने योजनालाई साकार पार्ने अभियानमा रहेको क्यामरुनी टोली डफिन्स एफसीले आहा राराको १७ औं सस्करणको क्र्वाटरफाईनलमा फेरी एकपटक नेपाल पुलिस क्लबलाई पन्छाएको छ । तिलोत्तमा गोल्डकपमा फाईनलमा पराजित गर्दै पोखरा भित्रिएका दुवै टोली मंगलबार आहाको क्र्वाटरफाईनलमै भेट भएको थियो । क्र्वाटरफाईनल भेटमा थपिएको अतिरिक्त समयमा २–१ गोलले पराजित गर्दै डफिन्सले सेमिफाईनलको यात्रा तय गर्दा आहा गोल्डकपमा गर्विलो इतिहास बनाएको नेपाल पुलिस क्लब फेरी एकपटक पहिलो खेलबाट बिदाई लिन पुग्यो ।
सुदुरपश्चिम गोल्डकपबाट उदाएको डफिन्सले पोखरा, धरान र बुटवलमा उपाधि उचाल्दै ह्याट्रिक गरिसकेको छ । नकाउट फुटबलको चौथो उपाधि उचाल्ने सपनालाई पोखराबाटै साकार पार्ने सम्भावनालाई अझ बलियो बनाउँदै अन्तिम चारमा प्रवेश गरेको छ । उपाधि यात्रामा पुग्नु अघि डफिन्सले त्रिभुवन आर्मीसँग सेमिफाईनल भेट गर्ने निधो भईसकेको छ ।
पहिलो हाफमा पाएको दोस्रो कर्नलाई उपयोग गर्ने क्रममा डफिन्सले अग्रता बनाई छाड्यो । ३७ औं मिनेटमा अहण्दा एसाह लोयासले हानेको कर्नर बललाई विईक विईक आन्द्र थिएरीले छातीले रोक्ने फुर्सदिलो रुपमा प्रहार गरेको पावर सट बल सिधै पोष्टभित्र छिरेपछि पुलिसको सेमिफाईनल खेल्ने ढोकालाई बन्द गरिदियो । अफ्रिकन टोलीले दोस्रो कर्नरलाई उपयोग गरे । पहिलो कर्नर एक मिनेट अघि पाएका थिए ।
पहिलो हाफ पुलिसले प्रभावकारी खेल प्रस्तुत गर्न असमर्थ देखियो । घरेलु फुटबलमा उत्कृष्ठ प्रदर्शन गर्दै आएको पुलिसको टिम क्यामरुनी टोलीसँग उत्कृष्ठ प्रदर्शन गरेपनि शारीरिक रुपमा कमजोर देखिदाँ हारको श्रृखंलालाई दोहोर्याईरहेको छ । धरानमा सेमिफाईनलमा पुलिस डफिन्ससँगै पराजित हुदैं उपाधि विमुख हुन पुग्यो । तिलोत्तमा गोल्डकपमा फाईनलमा सडन डेथको शिकार हुदैं उपाधि विनै पुलिस पोखराको मैदानमा आहा रारा गोल्डकप खेल्न रातारात आईपुगेको थियो ।
खेलको २६ औं मिनेटमा मनबहादुर परियारले हानेको फ्रिकिकलाई अग्ला कदका सुमन सुवेदीले हेड हाने । तर बाहिर गयो । ३४ औं मिनेटमा अर्को जुर्रयो । निरकुमार राईले हानेको फ्लिक बल लाईनमा प्रहार हुन सकेन् । तर बल भेट्नप्रति तीर्थ मगरले डिबक्सभित्र इफोर्ट गर्नै सकेनन् । पुलिसको युवा जोशलाई क्यामरुनी टोलीले हरेक समय मत्थर पार्दै शारीरिक अब्बलता मैदानमा फाईदा लिईरहेको थियो । खेलमा म्यान अफ दि म्याच भने पहिलो गोल गर्ने क्यामरुनी टोलीका खेलाडी विईक विईक अन्द्रे थिएरी घोषित हुदैं नगद ५ हजार रुपैयाँ पुरस्कार स्वरुप थापे ।
पुलिसले खेलको अतिरिक्त समयमा गोल गर्दै खेललाई थप समयसम्म लम्ब्यायो । अतिरिक्त समय(९० प्लस १ मिनेटमा) मा सुमन सुवेदीले गोल गर्दै खेलमा फर्किएको पुलिसको टोलीले आफनो सम्भावनालाई जिवितै राख्यो । सुमन लामाको फ्रिकिकलाई सुवेदीले हेडिङ गर्दै गोल गरेपछि पुलिस आत्मविश्वासी देखिएको थिये । दोस्रो हाफमा भने दुवैले जुझारु देखिए पनि थप गोल नहुदाँ १–१ मा टुंगिदैै खेल थप २० मिनेट लम्बिएको थियो ।
थपिएको समयमा जब्बर क्यामरुनी टोलीले स्कोरिङ गर्दै पोखराको यात्रालाई सुखद बनायो । तर पुलिस फेरी अभागी बन्दै बाहिरिने टोलीको सूचीमा देखियो । थपिएको चौथो मिनेटमा यान्निकले गोल गर्दै क्यामरुनी टोलीको जित पक्का गर्दै सेमिफाईनलको ढोका खोले । पुलिस निराश मात्रै नभई थकित मुद्रामा मैदान छाड्दै बेन्चमा आईपुग्यो । पुलिसको अन्त्य निकै दुखद बन्न पुग्यो । थप गरिएको समय टुंगिदा पुलिस १० खेलाडीबाट बिश्राम लियो । हरि कठायतले रातो कार्ड खाँदै मैदान बाहिरिए । त्यो नै प्रतियोगिताको पहिलो रातो कार्ड थियो ।
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा सञ्चालित १७ औं सस्करणको आहा रारा गोल्डकपको पहिलो सेमिफाईनल खेल रुस्लान थ्रीस्टारले विभागीय टोली शसस्त्र प्रहरी बलसँग बुधबार खेल्ने छ ।
kheladinews.com




