आफुलाई जन्मदिने बुवा गुमाउनु पर्दाको पिडालाई समेटेर देउडा भाकामा आधारित निकै मार्मिक गीत गायक दिपक विसी संगमको शब्द तथा आवाजमा“बुवाको याद“ गीतको भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा मन भित्रको पिडालाई समेटिएको छ । दिपक संगम विसीको शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार पारिएको छ । गीतमा परदेशीएको नेपाली युवा र उसको परिवारका सदस्य विचमा भएको माया र स्नेहलाई देखाइएको छ ।
बासु बरालको छायाँकन , प्रविण रेशमी मगरको सम्पादन तथा भिम थापाको निर्देशन भिडियोमा रहेको छ । बुवाको याद भिडियोमा दिपक संगम विसी , विरही बम र मनमितको अभिनय रहेको छ ।




