मनाङमाथि एपिएफको जीत

शहिद स्मारक ए डिभिजन लिग फुटवल प्रतियोगिता २०७५ को उपाधि बिजेता मनाङमस्र्याङ्दी क्लव पोखरामा जारी १७ औं आहा ! रारा गोल्डकपमा शसस्त्र प्रहरी वलको एपीएफ क्लवसँग स्तब्ध भएको छ । शनिबार भएको प्रतिष्पर्धात्मक खेलमा एपीएफले मनाङलाई १–० गोल अन्तरले पराजित गर्न सफल भएको हो ।

एपीएफको जितमा प्रदीप लामाले निर्णायक गोल गरे । उनले ७० औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो । सन्तोष श्रेष्ठले मैदानको दायाँ साइडबाट प्रहार गरेको कर्नर किकमा पेनाल्टी एरियाको बिच भागमा अनमार्क रहेका लामाले गरेको हेडर बलले सेकेण्ड बारहुँदै जाली चुमेको थियो ।

शुरुवातदेखी नै काउन्टर अट्याकमार्फत गोल गर्ने रणनीति बनाएको एपीएफबिरुद्ध मनाङ पहिलो हाफमा हाबी भयो । लगातार दवाबमा राखेर खेलेको मनाङले पहिलो हाफमा आधा दर्जन गोल गर्ने अवसर खेर फाल्यो । मनाङले तेश्रो मिनेटमै गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन । मनाङका सुजल श्रेष्ठले पेनाल्टी एरियामा गरेको प्रहार फितलो हुँदा अग्रता लिने मौका गुमायो । त्यसको एक मिनेटपनि बित्न नपाउँदै मनाङले अर्को गोल गर्ने मौका गुमायो । यसपटक पनि सुजल श्रेष्ठले नै बायाँ साइड बिपक्षी डिफेन्डरलाई छलाउँदै गरेको प्रहार फष्र्टबारहुँदै बाहिरियो । खेलको २१ औं मिनेटमा हेमन गुरुङ गोल गर्न चुके ।

प्रकाश बुढाथोकीको कर्नर प्रहारमा पेनाल्टी एरियाको बिच भागमा रहेका उनले गरेको कडा प्रहार एपीएफका गोल रक्षक अम्रित चौधरीले बचाए । लगत्तै आएको रिबाउण्ड बलमा कमल श्रेष्ठले गरेको प्रहारमा पनि गोलकिपर चौधरी नै बाधक बने । पहिलो हाफको थपिएको १ मिनेटको अन्तिम समयमा मनाङले गोल गर्ने सुन्दर मौका गुमायो ।

अञ्जन विष्टले प्रहार गरेको सो बल बिपक्षी गोलकिपर चौधरीले पञ्च गरेर फर्काए । लगत्तै रिबाउण्ड भएको बलमा सुजल श्रेष्ठको हेडर बल बिपक्षी गोलकिपर चौधरीको खुट्टामा लागेर फर्कियो । दोश्रो हाफमा भने मनाङले उत्कृष्ट मुभसमेत निकाल्न सकेन । निर्धारित ९० मिनेटको समय सकिएपछि थपिएको पहिलो मिनेटमै भिक्टोर एमोबीले कडा प्रहार गरेको बल पोलमाथीबाट बाहिरिएको थियो ।

पहिलो हाफमा केहि कमजोर खेल प्रदर्शन गरेको एपीएफले दोश्रो हाफमा लय समात्यो । पहिलो हाफमा एक पटकपनि मुभ निकाल्न नसकेको एपीएफले खेलको ६८ औं मिनेटमा गोल गर्ने अवसर खेर फाल्यो ।

एपीएफका आशिष लामाले प्रहार गरेको कडा प्रहार फष्र्टबार हुँदै बाहिरियो । खेलको ७० औं मिनेटा प्रदीप लामाको गोलबाट अग्रता लिएपछि झनै हौसिएको एपीएफले ७३ औं मिनेटमा अग्रता दोब्बर पार्ने अवसर गुमायो । पेनाल्टी एरिया भित्र अनमार्क रहेका आशिष लामाको प्रहार फितलो हुँदा बिपक्षी डिफेन्डर सरोज विकले क्लियर गरे । खेलको ७५ औं मिनेटमा सन्तोष श्रेष्ठको कर्नर किकमा रामकुमार कुमालको प्रहारपनि फितलो हुँदा एपीएफ १–० को जितमा सिमित रह्यो ।

kheladinews.com