आहारारा गोल्ड कप : शेर्पाको जितमा गुरुङको निर्णायक गोल

१२ घण्टाको यात्रालाई राम्ररी थकान मेटन नपाउँदै हिमालयन शेर्पाले धरान फुटबल क्लबको पोखरा बसाईलाई एकदिन नबित्दै छोट्याईदिएको छ । सहारा क्लबको आयोजनामा शुुक्रबार प्रिक्र्वाटर खेलमा धराने क्लबलाई १–० गोलले पन्छाउँदै शेर्पाले पोखरा यात्रालाई केहीदिन लम्ब्यायो ।

हिमालयन शेर्पाले निर्णायक गोल गर्न एक घण्टा बढीको समय लगायो । ७८ मिनेटमा गोलको खडेरी तोड्दै जित सुनिश्चित बनाउँदा प्याट्रिक प्रिभाट गोहाको क्रसलाई डिफेन्सले क्लियर गर्न नभेटेको ‘वान ड्रप’ पछि आएको लो एङ्गल बललाई त्रिदेव गुरुङले डाईभ हेड गर्दै गोल गरेपछि जित शेर्पाले सुनिश्चित गरेको थियो । उनको गोल नै खेल जिताउने एकमात्र टर्निङ प्वान्ट बन्यो ।

शेर्पाले गोल गर्नुअघि फ्रिकिकको अवसर प्राप्त गरेको थियो । तर फ्रिकिकलाई धरानका डिफेन्सले क्लियर गरेको बललाई स्टपर उलरिच सेवाईले प्याट्रिक प्रिभाट गोहालाई उपलब्ध गराएका थिए । गोहाको क्रसपासलाई गुरुङले उत्कृष्ठ डाईभिङ हेड गर्दै गोल गरेपछि धरानले पोखरा यात्रा विट मार्न पुग्यो ।

खेलको पहिलो हाफ खासै मुभ बन्न सकेन् । खेलमा दुवैले आक्रमणको रणनीति बनाउँदै ४५ मिनेटलाई टुंग्याए । हिमालयन शेर्पाले पहिलो कर्नर पायो । खेलको १० औं मिनेटमा पाएको कर्नरलाई कमल थापाले हानेका थिए । तर धराने गोलकिपर विनय श्रेष्ठले पन्च गर्दै क्लियर गरिदिए । त्यसपछिको समय दुवै टोलीका गोलकिपरले निकै फुर्सदिलो समय बिताए । आक्रमणको तनाब नहुदाँ राहत महशुस गरे ।

दोस्रो हाफमा भने केही उत्साह देखियो । दुवै टोलीले गोलको लागि मुभ बनाए । तर गोल भने हिमालयन शेर्पाले निकाल्यो । ५८ औं मिनेटमा धरानले कर्नर पाएको थियो । त्यसलगत्तै पाएको फ्रिकिकलाई समेत फोफाना द्रहिमाले शेर्पाको गोलकिपर किशोर गिरीको हातमै पर्यो । ६६ औं मिनेटमा गिल्सन लिम्बुको क्रस सटपासलाई होचा कदका अफ्रिकन खेलाडी फोफानाले हानेको पावर सटलाई बचाउ गर्दै शेर्पाली खेलाडीको उर्जा जोगाईराखे ।

६७ औ मिनेटमा पनि अवसर धरानले सृजना गर्यो । तर स्ट्राईकिङ क्षमता कमजोर रह्यो । धरानका पुराना र अनुभवी खेलाडी योगेश राईले हानेको लामो फ्रिकिक बललाई शेर्पाका गोलकिपरले पन्च गर्दै जोगाए । त्यो धरानको लागि अन्तिम अवसरको रुपमा रह्यो । शेर्पाले पनि गोलको मुभ बनायो । ८० औं मिनेटमा विश्वास श्रेष्ठले दिएको पासलाई पुर्ण गुरुङले हल्का फ्लिक गरेको बललाई गोलकिपरले पन्च गरे । गोलकिपरकै हातबाट टच हुदैं गोललाईन तर्फ गएको बललाई डिफेन्सले क्लियर गरेपछि अर्को गोलको सम्भावना कमजोर हुन पुग्यो । खेलमा निर्णायाक गोल गरेका त्रिदेव गुरुङ म्यान अफ दि म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ पुरस्कार स्वरुप थापे ।

सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजन सञ्चालित १७ औं सस्करणको आहा रारा गोल्डकपको पहिलो प्रिक्वार्टर फाईनल खेल मनाङ मस्र्याङ्दीले सहारा क्लबलाई पराजित गरेको शसस्त्र प्रहरी बल(एपीएफ)सँग प्रतिस्पर्धा गर्ने छ ।