पशुपति शर्माको विपक्षमा गायक आनन्द कार्की,लगाए यस्तो आरोप (भिडियो)

अहिले गायक पशुपति शर्माले स्वर दिएको गीत ‘लुट्न सके लुट कान्छा’को सडकदेखि सदनसम्म चर्चा छ। सो गीत सार्वजनिक भए लगत्तै सत्तारुढ दलका दबाब र धम्कीका कारण गायक शर्मा युट्युबबाट गीत हटाउन वाध्य भएका थिए। 

गीतको पक्षमा र विपक्षमा धेरै मानिसहरूले विभिन्न प्रतिक्रियाहरू दिइरहेका छन्। शर्माले प्रयोग गरेका शब्दहरूको कारण गीत विवादित बनेको हो। 

यसैबीच अर्का चर्चित गायक आनन्द कार्कीले ‘लुट्न सके लुट कान्छा’ बोलको गीत उचित नभएको प्रतिक्रिया दिएका छन्। प्राइम टाइम्स टेलिभिजनको कार्यक्रममा गायक कार्कीले देशमा हुँदै नभएका कुरालाई गीतमा जबरजस्ती हालिएको आरोप समेत लगाए।