
भन्ने गरिन्छ, हरेक मान्छेको भाग्य र भबिश्य उसकै हातमा लुकेको हुन्छ।तर यो नियम सबैमा लागु हुदैन। एउटा राजनितिग्यको भाग्य र भबिश्य जनताको हातमा लुकेको हुन्छ।राजनितिको खेल सगरमाथाको आरोहण जस्तो, बासको नुघाइजस्तो हुनेगर्दछ।भन्न खोजेको सधै शक्तिमा रहिरहनु असम्भब कुरा हो।बिश्व राजनिती इतिहासलाइ हेर्ने हो भने कुनै पनि राजनितिग्य र नेतृत्व सधै शिखरमा रहन सकेका छैनन, भलै होला केहि दशक र केह बर्ष।त्यसका पछाडी धेरै कारणहरुले प्रत्यक्ष असर पारेको हुन्छ। नेपाली राजनितिमा त्यस्ता धेरै पार्टिहरु आयो,कोहि च्याउ उमृएसरी उम्रीय , निश्चित समयपछी आफ्नो अस्तित्व गुमाएर आफै कमजोर बन्दै गयो।
नेपालि राजनितिमा एक अभिभाबकको रुपमा आएको पार्टि नेपाली काङ्ग्रेस कुनै दिन र आजपनी जनताको दुख सुखको साथि बन्दै आएको छ।काङ्ग्रेस पार्टिले धेरै सन्तानका रुपमा माउ बनेर बिभिन्न भातृ सङ्गठनलाइ जन्म दियो।जन्म त दियो तर उचित लालन पालन र कर्म दिन नसक्नु एउटा पिडाको बिषय हो।त्यसैले अहिले ति सन्तानहरु अभिभाबक बिहिन जस्तै भएका छन। मातृपार्टिमा माता र पिता एक अर्कामा बिबादित छन।माताले भनेको पिताले नमान्ने र पिताले भनेको माताले नमान्ने। त्यस्तो अबस्थामा कल्पना गर्नुस माता पिताको आशमा बस्ने सन्तानहरुको अबस्था कस्तो होला? हो अहिले नेपाल बिध्यार्थि सङ्घमा त्यस्तै भएको छ। लामो समयको सङ्क्रमणकाल चिर्दै नेपाल बिध्यार्थी सङ्घको अधिबेसन दुइ बर्ष अघि भयो, त्यसले निर्वाचित केन्दृय समिती दिएर गयो।उत्त कमजोर नेतृत्वले अहिले समयमै महादिबेशन गर्न सकेन।
पानीमाथिको अभानो हुनको लागि अन्तिम अबस्था मा राजिनामाको नृत्य गरियो।अबको बिकल्प एउटैमात्र छ, तदर्थ कमिटी ल्याएर अधिबेशन गर्ने। अधिल्लो महादिबेशनको बेला नेबिसङ्घमा ३२ बर्षे उमेर हदको कुरा लगाइयो। त्यती हुदैगर्दा अब महादिबेशनको लागी तदर्थ कमिटी ३२ माथी वा ३२ मुनिको ल्याउने भन्नेमा अन्योल सृजना छ। मातृपार्टी नै आफै नेतृत्वको लागी भाडभैलो गरिरहेको अबस्थामा कस्तो नेतृत्व आउला भन्ने कुरा गम्भिर बिषय हो। ३२ माथी ल्याउदा र ३२ मुनिका ल्याउदा नेताका गोजिका मान्छेहरु पर्ने नपर्ने कुराले गर्दा नेतृत्व चयन हुन सकिएरहेको छैन।ल्ल्ल काङ्ग्रेसको पुस्ता अनुसार सङर्षको आ-आफ्नै कथा रहेको छ। एउटा पुस्ताले राणाको लागी लढ्यो , अर्को पुस्ताले पन्चायती ब्यबस्थाको बिरुद्द् लढ्यो । र बहुदलिय ब्यबस्था लागु पछि राजनितिमा आएको पुस्ता अर्थात हाम्रो पुस्ताले गणतन्त्रको लागी लड्यो ।
अघिल्लो दुइ पुस्ताले जे पाउनु पाइसक्यो तर राजनितिक सङ्क्रमणकालको कारण हाम्रो पुस्ताले राजनितिको लागी ठुलो सङ्घर्ष गरेता पनि अन्तत हात लागे शुन्यको अबस्था नहोला भन्न सकिन्न। १२ औ महाधिबेशन पनि अब तत्काल हुने अबस्था छैन।पहिलो कुरो कस्तो ब्यक्तिको तदर्थ कमिटी आउछ भन्ने हो। जनताको लागी राजनिती गरेको नेतृत्व आएमा त पक्कै महाधिबेशन गरेर जाला तर नेताको लागी राजनिति गरेको भए पक्कै उसले बेलैमा महादिबेशन गर्न सक्दैन।
सङ्घर्षको ठुलो इतिहास हाम्रो पुस्ताको भएपनि राजनिती खिचातानिका कारण अभागि हाम्रो पुस्ता हो। किनकी समयमै अधिबेशन नहुनु, स्थानिय र प्रदेश सङ्घको चुनाबमा धेरैको सहभागिता हुन नसक्नु हाम्रोलागी घातक हो।त्यसैले नेतृत्वलाइ प्रश्न सोध्न मन लागेको छ;` के हाम्रो पुस्ताले राजनिती गर्ने अधिकार छैन र´ ?
पुडासैनी नेपाल बिध्यार्थी सङ्घका बिध्यार्थि नेता हुन।