म्यानचेस्टर युनाइटेड एफए कपको क्वार्टरफाइनलमा

एजेन्सी– म्यानचेस्टर युनाइटेडले एफए कपको क्वार्टरफाइनल यात्रा पक्का गरेकाे छ । सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि २–० को जित निकाल्दै क्वार्टरफाइनल यात्रा तय गरेको हो । 

दुई टोलीबीच भएको खेलमा म्यानचेस्टरले दुवै गोल पहिलो हाफमा गरेको हो । टोलीका लागि उन्डर हेरिरा र पाउल पोग्बाले गोल गरेका हुन् । हेरिराले खेलको ३९औं मिनेटमा गोल गरेका हुन् भने पहिलो हाफको अन्तिम मिनेटबा पोग्बाले गोल गरेका हुन् ।