‘दर्पण छायाँ’ को पनि सिक्वेल

सन् २००१ मा रिलिज भएको सुपरहिट फिल्म हो दर्पण छायाँ। तुलसी घिमिरेले निर्देशन गरेको यस फिल्मले धेरै दर्शकहरुलाई रुवाएको थियो भने गीतसंगित पनि उतिकै हिट भएको थियो । फिल्ममा निरुता सिंह , दिलिप राइमाझी र उत्तम प्रधानको जोडी पनि दर्शकहरुले निकै रुचाएका थिए ।

यो फिल्म हेरेर नरुनेहरु सायदै थिए होला । त्यसैले पनि यो फिल्म यी तीनै जना कलाकारहरुको करियरका लागि कोशेढुंगा साबित भएको थियो । । अब सोही फिल्मको सिक्वेल बन्ने भएको छ । यसबारेमा निरुता स्वयंमले खुलासा गरेकी हुन् ।

नायक उत्तम प्रधानले फिल्मको स्क्रिप्टको लेखिरहेको र उनको कन्सेप्ट आफुलाई पनि निकै मन परेको कारण आफुहरुले मिलेर दर्पण छायाँको सिक्वेल बनाउन लागेको बताएकीछिन् । फिल्म जहाँबाट अन्त्य भएको थियो त्यहीबाट सिक्वेलको कथा सुरु हुनेछ । फिल्ममा अभिनय पनि उनीहरुले नै गर्ने भएका छन् । फिल्मलाई तुलसी घिमिरेले नै निर्देशन गर्ने प्रबश सम्भावना रहेको बताईएको छ । निरुताले सिनेमा क्षेत्रमा धमाकेदार कमव्याक गरिसकेकीछिन् भने दाल भात तरकारी जस्तो फिल्ममा पनि काम गरिसकेकीछिन् उता दिलिप पनि पर्दामा देखिई नै रहेका छन् तर उत्तम पनि पर्दाबाट ठाढै छन् ।

यसरी यो त्रिमुर्ती पर्दामा त्यो पनि दर्पण छायाँको सिक्वेलमा देखिए दर्शकहरुलाई त्यो जस्तो सप्राईज सायदै अरु होला ।