प्रदेश सांसदले छाडे बाबुरामको साथ

अपेक्षाकृत निकै कमजोर नतिजा पाएको नयाँ शक्तिका १ प्रदेश सांसद नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट प्रदेश ३ का एकमात्र प्रत्यक्ष निर्वाचत सांसद प्रेम तामाङ नेपाली कांग्रेस प्रवेश गर्ने भएका हुन् ।

उनी गत निर्वाचनमा कांग्रेससँगकै तालमेलबाट रसुवाबाट चुनिएका थिए । प्रतिनिधि सभामा कांग्रेसका मोहन आचार्य विजयी भएका थिए भने प्रदेशमा नयाँ शक्तिका प्रेम तामाङ र कांग्रेसका प्रभात लामाले जितेका थिए ।

फागुन १३ गते रसुवामा हुने कार्यक्रममा तामाङलाई कांग्रेस सभापति शेरबहादुर देउवा तमाङले पार्टी प्रवेश गराउँदै छन् ।