विवादपछि गायक पशुपति शर्मा मिडियामा (भिडियो कुराकानी)

हाल ‘लुट्न सके लुट …’ गीतका कारण विवादमा छन् गायक पशुपति शर्मा । सिर्जनाकै कारण अक्सर चर्चा र बेला–बेलामा विवादमा आउने पात्र हुन् शर्मा ।

करिब ४ दिन पहिले गायक शर्माको आफ्नै च्यानलबाट अपलोड भएको गीत ट्रेण्डिङको नऔँ स्थानसम्म आउँदा विवादमा मुछियो । त्यसपछि उनले भिडियो युट्युबबाट नै हटाए। ‘लुट्न सके लुट’ युट्युबबाट हटाएपछि नेपाली सांगीतिक क्षेत्रमा एउटा तरंग सृजना भएको छ।

गीत यूट्युबाट हटेपछि बिभिन्न आरोपहरु पशुपतिले मात्र खेपेनन्, केपी शर्मा ओली सरकारको दबाबमा परेर गीत हटाएको चर्चा समेत चल्यो।

कतिपयले गीतलाई सकारात्मक लिए भने कतिपयले शब्द चयनमा ध्यान नपुगेको बताए। गीतको बारेमा धेरै कुरा बाहिर आएपछि राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानको बैठक बसेर गीत पुनः जस्ताको जस्तै अपलोड गर्न बिज्ञप्ति समेत जारी गरिएको छ।

खासमा यो प्रकरण के हो?, शर्माले गलत नियतले नै गीत बनाएका हुन या अनावश्यक उचालिएको हो रु किन हटाए शर्माले युट्युबबाट गीत?, अब गीत पुनः युट्युबमा जस्ताकोतस्तै अपलोड हुन्छ कि हुँदैन ? यी यावत कुराको लागि गायक पशुपति शर्मा न्यूज–२४ टेलिभिजनमा लाइभ आएका छन् ।

विस्तृत जानकारीको लागि टेलिभिजनसँग गरिएको भिडियो कुराकानी….