सय वर्षपछि देखियो संसारकै दुर्लभ चितुवा

विश्वमा नै निकै दुलर्भ मानिएको कालो चितुवा अफ्रिकाको केन्यामा देखिएको छ । कालो चितुवा अस्तित्वमा रहेको बताईए पनि अनुसन्धान र खोजतलास गर्दा पनि कालो चितुवा भेटिएको थिएन ।

तर केन्याको एक जंगलमा सो चितुवा फेला देखिएपछि एक फोटोग्राफरले आफ्नो लेन्समा प्रष्ट देखिनेगरी कैद गर्न सफल भएका छन् । अन्तराष्ट्रिय मिडियाका अनुसार उक्त चितुवाको तस्बिर बेलायती फोटोग्राफर विल बुरार्ड-लुकासले खिचेका हुन् ।

करिब सय बर्षदेखि कालो चितुवाको तस्बिर कैद गर्न कयौँ फोटोग्राफरहरुले प्रयास गरेता पनि यस पटक लुकासले आफनो क्यामरामा तस्बिर कैद गर्न सफल भए । सो दुर्लभ तस्बिरलाई सोमबार मात्र सार्वजनिक गरिएको थियो । केन्याको  Laikipia Wilderness Camp  क्षेत्रमा सो तस्वीर खिचिएको हो । तस्बिर कैद गरेर सार्वजनिक गरेपछि उनले यसलाई आफनो जीवनकै ठुलो उलब्धी मान्दै भने “कुनै ठूलो अपेक्षाबिना नै मैले अन्तिम क्यामरा परीक्षण गरिरहेको थिएँ ।

यसैबीच नियालेर हेर्दा मैले अँध्यारोमाझ दुइटा बलिरहेका आँखा देखेँ । पहिले त ती आँखा कालो चितुवाका नै हुन् भन्नेमा मैले विश्वासै गरेको थिइनँ ।” यसअघि १९०९ मा अडिस अबाबा, इथियोपियामा यसको प्रष्ट तस्वीर लिइएको थियो । सो तस्वीर हाल वासिङटन डिसीस्थित राष्ट्रिय संग्राहलयमा राखिएको अन्तराष्ट्रिय मिडियाले जनाएको छ ।