नायक सुशनले कसे लगनगाँठो

तीन घुम्ती ,सुन्तलीलाई भगाई लग्यो झिल्केले ,चि मुसी चि , बिन्दास ,मिस्टेक लगायतका फिल्महरुमा अभिनय गरेका नायक सुशन कार्की बैवाहिक जीवनमा बाँधिएका छन् । दुई बर्षदेखि प्रेम सम्बन्धमा रहेका सुशनले आईतबार नेपालगञ्जकी सिर्जना डिसीसँग बिवाह गरेका हुन् । उनको बैवाहिक समारोह नितान्त पारिवारिक वातावरणमा भएको थियो ।

उनको बिवाहमा आफन्तहरुमात्र सहभागी भएका थिए । लामो समय सिनेमा क्षेत्रमा रहेका सुशनले आफनो फिल्मी करियरमा खासै सफलता भने पाएका छैनन् । उनको नयाँ फिल्म रुमालै छ चिनो भने रिलिजको तयारीमा रहेको छ । जुन फिल्म फागुन १० मा अल नेपाल रिलिज हुँदैछ ।