पाष्कलमाथि प्रतिभाको जित

रोशन न्यौपानेको घातक बलिङ गरेपछि प्रतिभाले पाष्कल एकेडेमीले दिएको लक्ष्य १८ ओभरमै पुरा गर्दै ४ विकेटको जित निकालेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा आयोजित विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन सोमबार पाष्कललाई सस्तैमा समेट्ने क्रममाा न्यौपानले ४ ओभरमा केवल ८ रन दिएर ३ विकेट लिएपछि ८६ रनमा अलआउट भएको थियो । १९ ओभर २ बल खेल्ने क्रममा पाष्कल व्याटिङ ध्वस्त पार्ने क्रममा उदय थापाले पनि ३.२ ओभरमा १३ रन खर्चिएर ३ विकेट नै लिएपछि सस्तैमा समेटिएको थियो ।

टस जितेर व्याटिङ गरेको पाष्कलले किरण पौडेलले ओपनिङ व्याटिङ गर्दै २६ बलमा पाँच चौका हिर्काउँदै २८ रनको इनिङ्स खेले । गोविन्द पौडेलले पनि १५ रन बनाउने क्रममा २ चौका हिर्काए । प्रतिभाका अधिकांश खेलाडी पोखरा क्रिकेट एकेडेमीका खेलाडीहरु छन् । अन्य व्याट्सम्यानहरुले दोहोरो अंकको रन बनाउन चुके ।

८७ रनको लक्ष्य पछ्याएको प्रतिभाले ६ विकेटको क्षतिमा १८ ओभरमा पुरा गर्यो । अन्जन केसीले १२ बलमा एक चौका र एक छक्का हान्दै १५ रन जोडे । शुशिल तिवारीले २ चौका हान्दै १२ रन जोडे । तर अधिकांश बलरले वाईडमा रन दिएपछि प्रतिभाले जित्न १८ ओभर कुर्नुपर्यो । हिमाल पुनले ३ विकेट लिदाँ किरण पौडेल र सुभाष पौडेलले भने १÷१ विकेट लिए । खेलमा पाष्कलका बलर उदय थापा म्यान अफ दि म्याच घोषित भए ।

कास्की जिल्ला क्रिकेट संघको आयोजना, नेप्लिज इनकाउण्टर्स एजुकेशन प्रालिको मुख्य प्रायोजन तथा ह्वाईवरी इभेण्ट म्यानेजमेन्टको व्यवस्थानमा सञ्चालित प्रतियोगितामा हिमालयन बोर्डिङ र नेपाल भारत मैत्री विद्यालय बीच दोस्रो खेल भईरहेको ह्वाई वरी इभेण्ट म्यानेमेन्ट प्रालिका निर्देशक विधान श्रेष्ठले बताए ।