पुजा शर्माको सम्हालिन्छ कहिले मन, सुटिङ सुरु

पछिल्लो समय नेपालमा हलिउड , बलिउड र साउथ लगायतका फिल्महरु नेपालको प्राकृतिक सुन्दरतामा सुटिङ बढ्ने क्रम बड्दो छ । यसैगरी नेपाली फिल्महरु पनि बिदेशमा सुटिङ हुने क्रम बढ्दो छ । यसैबीच निर्देशक सुर्दशन थापा र पुजा शर्माको फिल्म सम्हालिन्छ कहिले मन पनि लण्डनमा सुट गर्नका लागि लण्डन केही समय अगाडी उडिसकेका छन् । फिल्मको सुटिङ लण्डनमा सुरु भएको छ । लण्डनमा नै फिल्मको करिब ५० दिनसम्म सुटिङ हुनेछ ।

सुर्दशन थापाले निर्देशन गरेको यस फिल्ममा पुजासंगै डेब्यु तिब्बेतियन नायक सोनम तोप्देन , आकास श्रेष्ठ ,सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्मको सुटिङ लण्डन ,स्कटल्याण्ड र वेल्समा पनि हुनेछ । एबी इन्टरनेशलको ब्यानरमा निर्माण हुन लागि रहेको यस फिल्मको सुटिङ मुस्ताङमा पनि हुनेछ । अमित बस्नेतको लगानी रहेको फिल्मका कार्यकारी निर्माता अंकित गौतम र सनिष खकुरेल हुन् ।

त्रिकोणात्मक प्रेम कथामा निर्माण हुन लागिरहेको यस फिल्ममा रि राना र अजितकुमार थापाको सह–निर्माण छ । पछिल्लो समय आफनै व्यानरको फिल्ममा मात्र काम गरिरहेकी थिईन तर लामो समयपछि उनले अन्य ब्यानरका फिल्ममा काम गर्न लागेकी हुन् । पुजाले यस फिल्मबाट १५ लाख पारिश्रृमिक बुझेर महंगी नायिकासमेत बनेकी छिन् ।