आजदेखि पोखरामा साईक्लिङ रेस–४ शुरु , नेपाली साईक्लिष्टहरुको २० लाखको

पोखरालाई साईक्लिङ स्पोर्टस टुरिजम सिटीको रुपमा विकास गर्ने उद्देश्यसहित आजदेखि पोखरा साईक्लिङ रेस आइभी(फोर्थ)को दोस्रो संस्करण शुरु भएको छ । स्वदेशी र विदेशी गरी ३६ जना साईक्लिष्टहरुले सहभागिता जनाएका छन् ।

कास्की जिल्ला साईक्लिङ संघको आयोजनामा आयोजित रेसमा विभिन्न चारवटा फरक फरक ठाँउमा प्रतिस्पर्धीले प्रतिस्पर्धा गर्ने छन् । संघका अध्यक्ष शंकर भण्डारीले दोस्रो सस्करणमा साईक्लिष्टहरुको सम्भावित दुर्घटना न्युनिकरणको लागि २० लाख रुपैयाँ बराबरको विमा गरिएको बताए । ‘रेस अवधि चारदिनसम्म साईलिष्टहरुको सुरक्षार्थ २० लाखको विमा गरिएको छ ।’ उनले भने–‘बिमाले खेलाडीहरुमा अझै आत्मविश्वासी बनाएको छ ।’ उनका अनुसार प्रतियोगिता शुरु हुन भन्दा अघिमात्रै शिखर इन्सुरेन्स कम्पनीसँग सम्झौता गरिएको हो ।

गत वर्ष साईलिष्ट नारायण गोपाल महर्जनको श्रींलकामा आयोजित प्रतिस्पर्धामा निधन भएको थियो । प्रतियोगितामै निधन भएको भन्दै संघले प्रतियोगितामा सहभागि जनाउने नेपाली साईक्लिष्टको विमा गरिएको जानकारी दिए । प्रतियोगितामा २३ जना विभिन्न जिल्लाका साईक्लिष्टहरुको सहभागिता रहेको छ । पहिलो दिन पामे–भुम्दी–स्तुपा–रानीबन–छोरेपाटनहुदैं फेरी उक्लिएर स्तुपा पुगेर अर्को रुटबाट पामेमै पुगेर टुंगिने छ । साईक्लिष्टले झण्ड ५३ किलोमिटरको दुरी तय गर्ने छन् । प्रतियोगिताको उदघाटन भने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले गरेका थिए ।

source:kheladinews