डिभोर्स, आर्थिक संकटपछि चर्चित कलाकारको दुखद् अन्त्य

बलिउडका चर्चित कलाकार महेश आनन्दको निधन भएको छ । बलिउडमा खलपात्रको रुपमा कुनै समय ८० र ९० को दशकमा एकछत्र राज गरेका महेशको शव उनकै घरमा फेला पारिएको हो । ५७ बर्षको उमेरमा कमजोर आर्थिक अवस्ता र मानसिक तनावको कारण पीडित बनेका उनको शनिबार निधन भएको हो ।

करिब १८ बर्षदेखि निरन्तर आर्थिक कमजोरीबाट गुज्रिरहेका उनी पर्दामा खतरनाक भिलेनकोरुपमा चर्चित थिए । अन्तिम पटक गोविन्दाको फिल्म रंगिला राजामा काम गरेका उनको यो फिल्म जनवरीमा रिलिज भएको थियो । जीवनको अन्तिम अन्तिम समयमा उनीसंग गाडी चढ्ने पैसा समेत नभएको रंगिला राजाको रिलिज ताका बयान दिएका थिए । उनी एक्लै बस्दै आएका थिए ।

बैवाहिक जीवन डिभोर्समा टुङिगएपछि उनी एक्लो जीवन बिताईरहेका थिए । उनले अमिताभ बच्चन , गोविन्दा , सनि देओल , सञ्जय दक्तजस्ता कलाकारहरुसंग काम गरेका थिए । उनले शहंशाह, मजबूर, स्वर्ग, थानेदार, विश्वात्मा, गुमराह, खुद्दार, बेताज बादशाह, विजेता , कुरुक्षेत्र जस्ता फिल्महरुमा काम गरेका थिए ।उनको निधन संकास्पद मानेको कारण प्रहरीले अनुसन्धान गरिरहेको छ ।