गजल

न कमाउँदै सम्पत्ती धन ,..घर जान मन लाग्छ ।कसरी बुझाऊ बैरागी मन ,..घर जान मन लाग्छ॥

मोबाइल,फेसबुक,इमो भाइबर ,केही चलाउदिनन्। सुन्नलाई आमाको बचन,..घर जान मन लाग्छ॥

कुरी वस्लीन हजुरआमा ,अन्तीम सास् सम्म। यो सब सम्झी बड्छ,धडकन..घर जान मन लाग्छ॥

दशै आउँछ तिहार आउँछ ,मेला पर्व आउछ्। निराश हुदै साथी भन्छन,..घर जान मन लाग्छ॥

बाध्यताको झोला ,बोकी जान्छु नभनि। रिसाको होला खेल्ने आगन ,..घर जान मन लाग्छ॥

तस्वीर हेरी याद रोक्ने ,कोसिसमा थिए। तप्प तप्प झर्छ झन ,..घर जान मन लाग्छ॥