हिउँमै आर्यन-प्रियंकाको रोमान्स

कुनै समयका चर्चित एवं लोकप्रिय नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्की पुन पर्दामा एकसाथ देखिने भएका छन् । यसअघि कलिउड ,ुक्लासिक ,माला ,छक्का पञ्जा जस्ता फिल्महरुमा एकसाथ काम गरिसकेका यो जोडी चर्चित एवं भेट्रान निर्देशक बिकास राज आचार्यको फिल्म हजार जुनीसम्ममा काम गरिरहेका छन् । मल्टिस्टारर यस फिल्मको सुटिङ यतिबेला सिक्किममा धमाधम भईरहेको छ । फिल्मको एउटा गीतको सुटिङ सिक्किमको हिमाली भेगमा गरिएको छ । जसको तस्बिर यतिबेला सार्वजनिक भएको छ ।

माइनस ४ डिग्री तापक्रम रहेको चाँगु लेकमा खिचिएको गीतमा आर्यन र प्रियंकालाई फिचर गरिएको छ । गीत छायांकनको क्रममा खिचिएको तश्बिरमा दुईलाई रोमान्टि सुटिङ भएको सो गीतमा आर्यन र प्रियंका फिचर्ड रहेका छन । हिमपात भईरहेको दृश्यमा प्रियंका बोल्ड अवतारमा देखिएकीछिन् । यस तस्बिरबाट पनि प्रष्ट हुन्छ की कलाकारहरुले आफनो फिल्मका लागि कति मेहनत गर्ने गर्छन् ।

यही फिल्मका लागि आर्यनले लामो दाह्री जुङगासमेत पालेका थिए । उनले यस फिल्मका लागि १५ लाख पारिश्रृमिक लिएको चर्चा थियो । सोही कारण आर्यनको दाह्री लाई १५ लाखको दाह्री भनेर टिकाटिप्पणी पनि भएको थियो । कायरा फिल्मबाट कमव्याक गरेका आर्यनलाई पनि हिट फिल्मको आवश्यकता छ भने प्रियंकाको अवस्था पनि त्यस्तै छ भन्दा फरक पर्देन ।

हजार जुनीसम्म फिल्ममा आर्यन र प्रियंकासंगै स्वस्तिमा अड्का , डेब्यु नायक अक्की प्रधान , सलोन बस्नेत, शिवहरी पौडेल, उत्तम केसीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मलाई सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङका जेठा छोरा विशाल चाम्लिङले निर्माण गरेका हुन् । फिल्ममा सामिप्यराज तिमिल्सना र निर्देशक आचार्यको कथा रहेको छ ।