– १० डिग्रीमा बिकिनीमा फोटोसुट

अहिले त बलिउडमा नायक नायिकाहरु जस्तै टिभी एक्टरहरुको पनि स्टारडम र क्रेज पनि निकै लोभलाग्दो हुने गरेको छ । त्यसैले टिभी कलाकारहरु पनि आफुलाई कुनैरुपमा कमजोर बन्नै चाहादैनन् । जसको उदाहरण धेरै पटक देखिदै आएको छ ।

यस्तै हालै एक टिभी एक्ट्रेसले बलिउड नायिकाहरुलाई समेत मात दिने फोटो सुट गरेकििछन् । चर्चित भन्दा चर्चित सिरियलमा संस्कारी बुहारी र छोरीको भुमिकामा देखिसकेकी श्रीजिता डेले हिमपातमा खतरनाक फोटोसुट गरेकी हुन् । चर्चित टिभी सिरियल उतरनबाट लोकप्रियता कमाएकी श्रीजिताले माइनस १० डिग्री तापक्रमकाबीच बिकिनीमा बोल्ड फोटोसुट गरेकी हुन् । फोटोसुटका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट भएलगत्तै यसले सबैको होस नै उडेको छ ।

किनकी हिमपात भएको ठाँउमा बिकिनीमा फोटो सुट गर्ने कुरा चानचुने होईन । गोल्डन कलरको बिकिनीमा गरिएको फोटोसुटले यतिबेला बलिउडमा खुबै चर्चा पाईरहेको छ । सम्भवत उनको यो जोखिमपुर्ण कामको डाहा बलिउड नायिकाहरुले पनि गरिरहेका होलान् । स्मरण रहोस केही समय अगाडीमात्र यस्तै हिमाली भेगमा बिकिनीमा तस्बिर खिचाउने क्रममा चिसोले गर्दा ताइवानी आरोही गिगी वु को ज्यान गएको थियो ।