सरकारी गाडी जलाउने ३ नेविसंघ नेता साधारण तारेखमा रिहा

जिल्ला अदालत कास्कीले नेविसंघका ३ विद्यार्थी नेतालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ ।

पोखरा महानगरको गाडी जलाएको आरोपमा माघ १९ गते पक्राउ परेका ती विद्यार्थीलाई अदालतले छाड्न आदेश दिएको हो । प्रहरीले उनीहरु विरुद्ध अपराधिक उपद्रव मुद्दा दायर गरेको थियो ।
जिल्ला अदालत कास्कीका न्यायाधीश काजीबहादुर राईको इजलासले विद्यार्थी नेता परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

पोखरा महानगर शिक्षा शाखाको बा१झ ५८७९ नम्बरको गाडी जलाएको आरोपमा ५ जना पक्राउ परेका थिए । २ जनालाई केही दिन पछि छाडे पनि ३ जना विरुद्ध मुद्दा परेको थियो ।