
तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
सोही वडाकी २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेका उनलाई जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
‘जाहेरीवाली र मौका घटना विवरणका व्यक्तिहरूलाई बकपत्रका लागि बोलाउने काम भइरहेको न्यायाधीश ढकालले बताए । ती महिलाले मंसिर ६ गते प्रहरीमा आफूमाथि बलात्कार भएको निवेदन दिएपछि रेग्मी फरार भएका थिए । वडाध्यक्ष रेग्मीले माघ ७ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए।