निर्मला पन्तको घटनामा आधारित लघु चलचित्र छायाङ्कन सकियो

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी ११ वर्षीय निर्मला पन्तको बारेमा लेखिएको कथामा आधारित लघु चलचित्र ‘निर्मला’को छायाङ्कन सकिएको छ ।

पन्तको कथामा आधारित विभिन्न चलचित्रहरू निमार्ण हुने क्रम बढ्दै गइरहेका बेला झापामा यो चलचित्रको छायाङ्कन भएको हो ।

लघु चलचित्र ‘निर्मला’मा बलात्कार देखि हाल सम्मको घटनालाई यथार्थरूपमा चित्रण गरिएको चलचित्रका लेखक तथा निर्देशक एनबी अञ्जानले जानकारी दिए। निर्मला पन्तको हत्या भएको ५ महिना बितिसक्दा पनि उनले न्याय नपाउनु दुखद भएको चलचित्र निमार्ण युनीटको भनाई छ ।

चलचित्रको सम्पादन तथा डविङ्ग गर्ने कार्य धमाधम भइरहेको निर्माण टिमले बताएका छन् । चलचित्र रिलिज पछिनिमर्लाको हत्यारा पत्ता लगाउन थव दबाब पुग्ने पनि निर्माता निर्देशकको भनाई छ । चलचित्रलाई सेल्फी मिडिया प्रा.लीको व्यानरमा निमार्ण गरीएको हो ।