मध्यरातमा प्लेन चढेर नायिका पूजा र आकाश कहाँ गए ?

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को युनिट लण्डन गएको छ ।

सो फिल्मको छायांकन गर्न नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठसहितको टोली राति लण्डन गएको हो ।

सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बताइएको छ । सो चलचित्रमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र नव–नायक सोनम तोप्देनको मुख्य भूमिका रहनेछ ।