गायक जीवन शर्मालाई मसालको कारवाही

चर्चित गायक जीवन शर्मा नेकपा मसालका नेता पनि हुन् । जनवादी गीत गाउँदै सादगी जीवनका पर्यायसमेत बनेका उनलाई मंगलबार नेकपा मसालले कारवाही गरेको छ ।

रक्तिक सांस्कृतिक परिवकारका अध्यक्ष तथा नेकपा मसालका केन्द्रीय सल्लाहकारसमेत रहेका उनलाई पार्टीले ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो । शर्माले भने आफूलाई आधिकारिक जानकारी नआएको बताएका छन् ।

रक्तिम सांस्कृतिक परिवार र पार्टीको समेत महाधिवेशन नजिकै शर्मामाथि कारवाही भएको छ । पार्टीको आठौं महाधिवेशनको तयारी चलिरहेका बेला प्राविधिक बहुमतका आधारमा शर्मामाथि मसालले कारवाही गरेको छ ।

मसालको केन्द्रीय कार्यालय बैठकले उनलाई कारवाही गरेको हो । मसालको दुई लाइन संघर्षमा उनले समर्थन गरेको पक्ष अल्पमतमा छ ।