राष्ट्रिय हिरोहरूको एयरपोर्ट इन्ट्रीः विमानस्थलमै २ लाख बाँडेको देखि पारसको गाडी अवरोध

संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेर सोमबार स्वदेश फर्किएको राष्ट्रिय क्रिकेट टोलीको स्वागत गरिएको छ ।

ऐतिहासिक सिरिज विजेता टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष पीताम्बर तिम्सिनालगायतले स्वागत गरेका थिए ।

सो अवसरमा राष्ट्रियसभा उपाध्यक्ष तिम्सिनाले प्रत्येक खेलाडीलाई आफ्नो व्यक्तिगत तर्फबाट जनही रु १० हजार सहयोगस्वरुप हस्तान्तरण गरे । सोहि सम्बन्धि तयार पारिएको एक भिडियो