भैरवको सिक्वेलमाफर्त दर्शकमाझ आउँदै निखिल

कुनै समय नेपाली सिनेमा क्षेत्रमा महानायक राजेश हमालको करियरमा आथ्थु आथ्थु पार्ने नायक हुन निखिल उप्रेती । एक्सनका भोका दर्शकहरुलाई आफनो फिल्मबाट भरपुर्ण मनोरञ्जन दिएका निखिल लामो समय सिनेमा क्षेत्रमा राजा बने तर सञ्चिता लुईटेलसंग दोस्रो बिवाह गरेपश्च्यात ५ बर्ष पर्दाबाट टाढा भएका निखिललाई ५ बर्षपछि भैरवमाफर्त कमव्याक गर्दा दर्शकहरुले भव्यरुपमा स्वागत गरे फिल्म हिट भयो तर बिडम्बना निखिलले त्यसपछि आएका फिल्महरुबाट भने दर्शकहरुको मन जित्न सकेनन् ।

चकलेटी र युवापुस्ताका नायकहरु हाबी भईरहेको यो समयमा निखिल भने हिम्मत हार्ने खालका छैनन् । उनी आफनो अर्काे धमाकेदार कमब्याकका लागि तयारी गरिरहेका छन् । उनी भैरवको सिक्वेलमाफर्त दर्शकमाझ आउँदैछन् । सुरुवातमा भैरव २ नाम राखिने भनिएतापनि अब उक्त फिल्मको नाम आयो भैरव हुने भएको छ । फिल्मका लागि निखिलले आफै कथा लेखिरहेका छन् भने निर्देशन पनि उनले नै गर्ने चर्चा छ । त्यसो त भैरव पनि उनी आफैले निर्देशन गरेको फिल्म हो ।

सिक्वेलमा नयाँ नभई नाम चलेका कलाकारहरु रहने बताईएको छ तर कलाकारहरुको चयन भने भईसकेको छैन । २ करोडको लागतमा निर्माण हुने फिल्ममा निखिलले आफूलाई निर्देशनमा साथ दिन साउथ फिल्मबाट एक निर्देशक झिकाउँदैछन् । तर नयाँ कलाकार राख्दैमा चलेका कलाकार राख्दैमा अब फिल्म चल्छ भन्ने भ्रम हटाउँदा हुन्छ ।

अब निखिलको एक दुई वटा एक्सन मात्र नभई फिल्ममा कथा र प्रस्तुती उत्कृष्ट हुनु जरुरी छ । जसका लागि निखिलले अबको प्रोजेक्टमा यही ध्यान दिनु पर्छ । त्यसोत यदि निखिलको महत्वकांक्षी प्रोजेक्ट कम्टिमेन्ट सिक्टी आर्वस यदि बन्न सकेको भए पनि सम्भवत निखिलको चर्चा झनै चुलिन्थ्यो तर बिडम्बना फिल्म सुटिङ हुँदा हुँदै आर्थिक अभावमा थन्किएको छ ।