विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता माघ २६ बाट

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आउँदो २६ गतेदेखि हुने प्रतियोगितामा पोखराका १२ वटाभन्दा धेरै विद्यालय सहभागी हुने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

प्रतियोगितामा १२ भन्दा धेरै विद्यालय सहभागी हुने आयोजकले जानकारी दिएको छ । ‘१२ विद्यालय अहिलेसम्म सम्र्पकमा आएका छन्,’ सिग्देलले भने,‘अन्य केही विद्यालय आए सोमबारसम्म सहभागिता जनाउन सक्नेछन् ।’ प्रतियोगितामा कक्षा १२ सम्मका खेलाडीले सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ, उपविजेताले १५ हजार साथमा मेडल ट्रफीपुरस्कार प्राप्त गर्ने उनले बताए । प्रतियोगितालाई ह्वाई वरी इभेन्ट म्यानेजमेन्ट प्रालिले संयोजन र व्यवस्थापन गर्नेछ । बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, म्यान अफ दी सिरिज र इमर्जिङ प्लयेर तथा खेलको म्यान अफ दी म्याचलाई ट्रफीप्रदान गरिने छ ।अहिल क्रिकेट मैदान मर्मत कार्य भइरहेको छ । प्रतियोगिताले क्रिकेट खेलाडी उत्पादनमा सहयोग गर्ने सिग्देलले बताए ।