मुक्तिनाथमा स्की च्याम्यिनसिप

दोस्रो राष्ट्रिय स्की च्याम्पियनसिप मुक्तिनाथमा शनिबार भएको छ । नेपाल स्की एसोसिएसनको आयोजनामा भएको प्रतियोगतामा २ विधामा स्पर्धा भएको स्की तथा स्नो बोर्डिङ प्रतिष्ठान नेपालका प्रतिनिधि सुरज काफ्लेले बताए ।

अल्पाइन स्किङमा पुरुष सिनियरतर्फ छिरिङ तेन्जिङ शेर्पा र सुकदेव थापा क्रमश प्रथम, द्वितीय र तृतीय भए । महिला सिनियरतर्फ गौरीमाया तामाङ, संगीता लामा र सजनी लामा क्रमश प्रथम, द्वितीय र तृतीय भए । यसैगरी पुरुष जुनियरमा दीपेश लामा, दिनेशकुमार बोहरा र आशिक गुरुङ क्रमश प्रथम, द्वितीय र तृतीय भए । काफ्लेका अनुसार महिला जुनियरमा लक्ष्मी राई, प्रियंका गुरुङ, पलिशा ब्रजाचार्य क्रमश प्रथम, द्वितीय र तृतीय भए ।

स्नो बोर्डिङ स्किङमा राजन केसी, विवेक तिवारी क्षेत्री र नविन तामाङ क्रमश प्रथम, द्वितीय र तृतीय भए । प्रतियोगिता लागि नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद र स्की तथा स्नोबोर्डिङ प्रतिष्ठानको सहकार्यमा भएको हो । माघ १४ गतेबाट मुक्तिनाथ मन्दिर नजिकै सुरु भएको प्रतियोगतामा २० पुरुष र ८ महिला गरी २८ जनाको सहभागिता थियो ।

पहिलो प्रतियोगिता १ वर्ष अघि लाङटाङको केञ्जिङ भ्यालीमा भएको स्की तथा स्नोबोर्डिङ प्रतिष्ठान नेपालका प्रतिनिधि सुरज काफ्लेले बताए ।