‘इन्स्टाको फोटो’ फ्रेन्च गीतबाट कपि , यस्तो छ ओरिजिनल गीत

नेपाली गीत संगितहरुमा आफनै किसिमको मौलिकता हुने गर्छ तर यसो भन्दैमा नेपाली गीतसंगितहरु बिदेशी संगितबाट प्रभावित छैन भन्ने चाही होईन । नेपाली गीत संगितको क्षेत्रमा चर्चित भन्दा चर्चित गीतहरुमा कतिपय यस्ता गीतहरु छन् जुन की त नेपाली पुराना गीतबाट कपि भएका हुन्छनकी त बिदेशी पुराना गीतबाट । यसका उदाहरण त कति छन् कति गनि साध्य छैन । हालै रिलिज भएको चर्चित संगितकार कालि प्रसाद बास्कोटाको गीत “इन्स्टाको फोटो” समेत कपि गरिएको खुलासा भएको छ ।

युट्युवमा समेत निकै चर्चामा रही लामो समय ट्रेन्डिङमा समेत रहेको थियो । कालि प्रसाद बास्कोटाको आवाज , शब्द र संगितमा रहेको उक्त गीत कार्ला ब्रुनीको आवाजमा रहेको एक  पुरानो फ्रेन्च गीतबाट कपि गरिएको खुलासा भएको हो । कालि प्रसादले आफनो कपि कुनै गीतबाट कपि गरेको भनी खुलाएका थिएनन् तर जब यो गीत कपि भएको खुलासा भयो तब उनी ट्रोलको शिकार बनेका छन् ।

कालि प्रसाद लामो समय नेपाली गीत संगितको क्षेत्रमा योगदान दिई सुपरहिट गीत दिएका संगितकर्मी हुन तर उनले दर्शक श्रोताहरुलाई यस बारेमा जानकारी नदिएर धोकामा राख्ने काम भने गरेका हुन् । जुन अवश्य पनि राम्रो भने होईन । युट्युवमा ४४ लाख भन्दा बढि पटक हेरिएको छ भने अझै पनि ट्रेन्डिङको १० औँ नम्बरमा रहेको छ । गीतमा म्युजिकल एप टिकटकबाट भाईरल भएकी रेश्मा घिमिरे र आशिफ शाहको अभिनय रहेको छ ।