स्वभिमान नेपालीको कथा क्याप्टेन यस्तो छ (ट्रेलरसहित)

नेपाली युवा दर्शकमाझ लोकप्रिय नायक अनमोल केसीको रेकर्ड ब्रेक ट्रेलर दर्शकहरुले निकै रुचाईरहेका छन् । २४ घण्टा पनि नबित्दै ट्रेलरले ७ लाख भन्दा बढि भ्युअर्स पाईसकेको छ । फिल्मलाई दर्शकहरुले बलिउडलाई मात दिने सम्मको प्रतिक्रिया दिएका छन् । अधिकांशले अनमोलको कामको प्रशंसा गरेका छन् । छिमेकी राष्ट्र भारतले लगाएको नाकाबन्दी , सिमानाको समस्या र भारत र नेपालबीचको फुटबल भिडन्तको प्रसंगलाई दर्शकले रुचाएका छन् ।

यसबीचमा हिजो ट्रेलर सार्वजनिक कार्यक्रममा अनमोलले नेपालाई सधै हेप्दै आएको बताएका छन् । कार्यक्रममा बोल्दै उनले भारतले नेपालाई विभिन्न कुराहरुमा हेप्दै आएको बताएका हुन् । उनले भने भारतले नेपाललाई हेप्दै आएको छ । जुन पीडा सबै नेपालीले भोगेको छ । त्यही कुरालाई क्याप्टेनले पनि उठाएको छ । नेपाली फिल्मको प्रतिष्पर्धा आफनै फिल्मसंग भन्दा बलिउड र हलिउडसंग हुनु पर्ने उनले बताए ।

फिल्मका लागि आफुले निकै मेहनत गरेको बताएका अनमोलले भने “फुटबलरको भुमिका मेरो लागि निकै गाह्रो थियो । फुटबल हेर्ने भएपनि यो मेरो लागि एकदमै नयाँ बिषय थियो । मलाई निकै कम समय थियो तर पनि इसानको क्यारेक्टरका लागि मैले निकै मेहनत गरेको छु” । फिल्मले स्वाभिमानी नेपाली कथा बोल्ने भएकोले दर्शकहरुले क्याप्टेन रुचाउँनेमा अनमोल ढुक्क छन् ।

भुवन केसीको निर्माण एवं दिवाकर भट्टराईले निर्देशन गरेको यस फिल्ममा अनमोलसंगै उपासना सिंह ठकुरी , प्रियंका एमभी , सुनिल थापा , सरोज खनाल , प्रशान्त ताम्राकार , विल्सन बिक्रम राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म फागुन १७ बाट अलनेपाल रिलिज हुँदैछ ।