कुम जोडी नाच्दै किशन र रेश्मा

सञ्चारकर्मी तथा गायक किशन रेग्मी र गायिका रेस्मा केसीकोु कुम जोडी नाचौ लाग्योु गीत सार्वजनिक भएको छ । गीतकार शिव शर्मा चञ्चलको शब्द र यस जी योगीको संगीतमा रहेको ुकुम जोडी नाचौुं गीत युएस मिडिया नेटवर्कको युटुब च्यानलमार्फत भिडियोसहित सार्वजनिक भएको हो ।

चलचित्र निर्देशक तथा अग्रज कलाकार शिशिर राणाको निर्देशनमा बनेको यो गीतको भिडियोमा मोेडलद्वय निकोलस अर्याल र एन्जल श्रेष्ठको अभिनय छ । ललितपुरको भैंसेपाटीमा छायाँकन गरिएको यस भिडियोले शिव ढकालले छायांकन गरेका हुन् ।

हाल अमेरिकामा रहँदै आएका गायक किशन रेग्मी अमेरिकाबाट सञ्चालित युएस खबर डटकमका सञ्चालक हुन् । रेग्मीको यस अघिकोु कान्छी हे कान्छी गीतुलाई पनि स्रोता दर्शकले अत्याधिक रुचाएका थिए । नेपाल रहँदा दाङको रेडियो मध्यपश्चिम र स्वर्गद्वारी एफएममा लामो समय काम गरेका रेग्मी दाङ चलचित्र पत्रकार महासंघका संस्थापक अध्यक्षसमेत हुन् ।