सन्जय लामालाई वेष्टर्न ओपन गल्फ उपाधि

गल्फर सन्जय लामाले ९ वर्षपछि पोखराको हिमालयन गल्फ कोर्षमा आफनो अग्रतालाई जोगाउँदै १९ औं सस्करणको सुर्य नेपाल वेष्टर्न ओपन गल्फको उपाधि जितेका छन् । नेपालका शीर्ष बरियताका शिवराम श्रेष्ठलाई दुई स्ट्रोकले पछि पार्दै उपाधि जोगाए । शिवराम भने तेस्रो दिन शुक्रबार लेभल पार खेल्दै दोस्रो स्थानमा चिक्त बुझाए । पहिलो दिनमा उनले दुई ओभर खेल्दै शुरुवाती गरे । दोस्रो र तेस्रो दिन लेभल पार खेल्दै उपाधि रक्षाको होडमा देखिएपछि उपविजेतामै चित्त बुझाए ।

सन २०१० मा हिमालयन गल्फ कोर्षमै पहिलो उपाधि उचालेका लामाले शुक्रबार दुई ओभर खेलेपनि दोस्रो पटक उपाधि रक्षा गर्न पर्याप्त रह्यो । उनले पहिलो दिनमै खेलेको दुई अण्डरले उपाधि उचाल्न सहयोगी भूमिका खेल्यो । दोस्रो दिन लेभल पार खेलेका उनले ५४ होलमा २०७ को स्कोर कार्ड बनाउँदै लेभलर पारको स्थितिमा आफनो नाम लेखाए ।

शुक्रबार दोस्रो होलमै डबल बोगीको सामना गर्दै अगाडि बढेका लामाले फ्रन्ट नाईन दुई ओभरमा टुग्याएका थिए । तर व्याक नाईनमा भने ११ र १२ मा बोगी खेलेपनि संयमित हुदैं उनले १४ र १५ होलमा बर्डी हिर्काउँदै लेभल पारको अवस्था रहेर स्ट्रोक बचाए ।

शिवराम श्रेष्ठले किर्तिमानी जितबाट दुई स्ट्रोक टाढा रहे । दुईओभर २०९ को स्कोर चढाएका उनले अन्तिम दिन शुक्रबार पनि लेभल पार नै खेले । पार ६९ को कोर्षमा उनले दोस्रो र अन्तिम दिन लेभल पार खेल्दै उपाधि होडको प्रतिस्पर्धामा थिए । ४ होलमा बर्डी हिर्काउँदै गतिलो शुरुवात गरेका श्रेष्ठले ८ औं होलमा पुगेर डबल बोगीको खेप्न बाध्य भए । अगाडिको नौ होलमा दुई ओभरको अवस्थामा रहेका श्रेष्ठले व्याक नाईनमा सुधार गर्दै २ अण्डर खेलेर बोगीको भार घटाए ।

प्रतियोगिताको तेस्रो स्थानमा रबि खड्का रहे । उनी दोस्रो दिनमा उत्कृष्ठ लयमा देखिदैं चार अण्डर खेले दोस्रो स्थानमा उक्लिएका खड्का तेस्रो दिन समाप्तीमा ३ ओभर खेल्दै २१० को कार्ड बनाए । पहिलो दिन ३ ओभर, दोस्रो दिन चार अण्डर खेलेका खड्का अन्तिम दिन चार ओभर खेलेका थिए । पहिलो, चौथो, पाँचौ र छैटौं र सातौमा लगातार बोगी हाने ।

प्रतियोगिताको चौथो स्थानमा सुर्यप्रसाद शर्मा, पाँचौ स्थानाम कृष्ण राजबहाक, छैटौं स्थानमा धनबहादुर थापा, सातौं स्थानमा भुवन नगरकोटी, आठौं स्थानमा पोखराका भूबहादुर गुरुङ, नवौं स्थानमा भुवनकुमार रोका र दशौं स्थानमा विकास अधिकारी रहे । त्यसैगरी एमेच्योर तर्फको उपाधि धरानका एमेच्योर शुक्रबहादुर राईले जिते भने उपविजेता पोखराका अजित विक बने । राईले दुई ओभर २०९ को कार्ड बनाए भने विकले ८ ओभर २१५ को स्कोरमा टुग्याए ।

बुधबारदेखि शुरु भएको प्रतियोगितामा प्रो तर्फ ३३ र एमेच्योर तर्फ २५ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । विजेता लामाले १ लाख २० हजार राशीको पुरस्कार प्राप्त गर्ने छन् । दोस्रो स्थानमा रहेका शिवरामले ७७ हजार रुपैयाँ पुरस्कार पाए । तेस्रोले ५५ हजार, चौथोल ४३ हजार, पाँचौले ३५ हजार, छैटौंले ३३ हजार, सातौंले ३०हजार, आठौंले २८ हजार, नवौंले २६ हजार र दशौं स्थानमा रहने खेलाडीको भागमा भने २५ हजार रुपैयाँ पर्ने छ । सुर्य नेपालको आयोजनामा वर्षेनी वेष्टर्न ओपन गल्फ प्रतियोगिता हुदैं आएको छ ।