नेपालद्वारा युएई ४ विकेटले पराजित

 टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ ।

यूएईले दिएको १०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले राम्रो खेल्दै जिततर्फ लगेका थिए । दीपेन्द्र र पवनले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरे । दीपेन्द्र ४७ रनमा अविजित रहे भने पवन १८ रन बनाएर आउट भए ।

१०.१ ओभरमा सन्दीप जोरा आउट हुँदा नेपालको स्कोर ५ विकेटको क्षतिमा ४६ रन मात्रै थियो । त्यसपछि ब्याटिङ गर्न आएका पवनले दीपेन्द्रसँग मिलेर नेपाललाई जित दिलाएका हुन् ।

यूएईले १९.२ ओभरमा सबै विकेट गुमाएर १०७ रन बनाएको थियो। एक शय आठको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा छ विकेट गुमाएर १११ रन बनायो।

अन्तिम ओभरको पहिलो बलमा पवन आउट भए। तर दीपेन्द्रले दोस्रो बलमा छक्का र तेस्रोमा चौका प्रहार गरेर तीन बाँकी छँदै नेपालको लक्ष्य पूरा गरिदिए।यो विजयपछि तीन खेलको शृङ्खला १-१ ले बराबर भएको छ