विवाह नगरी छोरीकी आमा बनिन् एकता कपुर

बलिउड फिल्म इन्डष्ट्रीमा यस्ता धेरै सेलिब्रेटी किड्स छन् जो अभिनयमा रुचि राख्छन् तर चर्चित नायक जितेन्द्रकी एकमात्र छोरी एकता कपुर भने निर्माणमा लागिन् । फिल्म तथा चर्चित टेलिसिरियलहरु निर्माण गर्दे आईरहेकी एकता कपुर बलिउडमा सफल निर्मात्रीमध्ये पर्छन् । हालसम्म अविवाहित एकता कपुर बिवाह नगरी आमा बनेकी छिन् ।

बलिउड सेलिब्रेटीबीच यतिबेला सरोगेसी ९भाडाको कोख० को माध्यमबाट आमा बाबु बन्ने चलनको होडबाजी नै चलेको छ । एकताले पनि सरोगेसीको माध्यमबाट सन्तान जन्माएकी हुन् । ४३ बर्षको उमेरमा पनि अबिवाहित रहेकी उनी अब एक छोरीकी आमा बनेकी छिन् । यता नातिनीको आगमन भएसंगै जितेन्द्र निकै खुसी छन् भने एकता पनि सिंगल मदर बन्न पाएकोमा दंग छिन् ।

स्मरण रहोस्, यसअघि एकताको भाइ नायक तुषार कपुर पनि सरोगेसीको माध्यमबाट बुवा बनिसकेका छन् । यसअघि बलिउडमा करण जौहर , सारुख खान , आमिर खान , श्रेयष तलपडे लगायतका हस्तीहरुले पनि सरोगेसीको माध्यमबाट सन्तान जन्माईसकेका छन् ।