ललितपुर र तनहुँका जिल्ला न्यायाधीश निलम्बनमा

आचरणविपरीत कार्यसम्पादन गरेको अभियोगमा दुई न्यायाधीश निलम्बनमा परेका छन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेय र तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्याय बुधबार निलम्बनमा परेका हुन् ।

आचरणविपरीत कार्यसम्पादन गरेको र पदीय कर्तव्यबाट च्यूत भएको आरोपमा न्यायपरिषद्ले उनीहरुमाथि छानबिन समिति गठन गरेको थियो । समिति गठनलगत्तै उनीहरुलाई निलम्बन गरियो । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको निर्देशनमा दुवै न्यायाधीश तीन साताअघि परिषद्मा तानिएका थिए ।