कालिप्रसाद बास्कोटालाई फेरी गीत चोरीको आरोप

पछिल्लो केहि दिन यता युटुवको ट्रेन्डिङ मा रहेको ‘इन्स्टाको फोटो’ गीत फ्रन्सेली गायिका कारला ब्रुनीको गीतको मेलोडीमा रहेको थाहा पाएपछि संगीतकार कालिप्रसाद बास्कोटालाई यो पटक पनि गीत चोरीको आरोप लागेको छ ।

सन् २०१२ मै युटुवमा रिलीज भएको रहेको गायिका कारला ब्रुनीको Quelqu’un m’a di गीत कालिको शब्द संगीत र स्वरमा रहेको ‘इन्स्टाको फोटो’ गीतसंग मेल खाएपछि संगीत बजारमा कालि प्रसाद फेरी गीत चोरीको आरोपमा परेका हुन् ।

पछिल्लो समय चर्चामा रहेका यि संगीतकारलाई केही महिना अघि पनि गायक \संगीतकार राज सागरको गीत चोरीको आरोप लागेको थियो । चलचित्र शत्रुगतेमा रहेको ‘पिरतीको बर्को तिमीलाई‘ गीत गायक तथा संगीतकार राज सागरको ‘संधै भरी सताउने चाहना छ तिमीलाई’ गीतबाट चोरी भएको आरोप लागेको थियो ।

राज सागरले गीत एरेञ्ज गर्ने क्रममा गीत रिकेश गुरुङलाई दिँदा संगीतकार कालिप्रसाद पनि त्यहिं थिए ।  पछि चलचित्र शत्रुगतेमा रहेको पिरतीको बर्को तिमीलाई‘ बजारमा आएपछि कालिप्रसाद पनि बिबादमा मुझीएका थिए । यशु थापाको ‘गीताञ्जली ‘नामक एल्वममा समावेश सो गीत २०७४ साल भदौ ३० गते बिमोचन भएको थियो भने पिरतीको बर्को गीत २०७४ माघ १७ सार्वजनिक भएको थियो ।

पिरतीको बर्को गीत चोरीको आरोप लागेपछि कालिले त्यो समय फेसबुक मार्फत खण्डन गरेका थिए । त्यसैगरी ‘इन्स्टाको फोटो’ गीतको बारेमा पनि उनले स्पस्टिकरण पक्कै दिनेछन् । तर संगीतको आजको बजारलाई हेर्दा एउटा उचाई लिईसकेका कालीमाथी पटक पटक यस्ता आरोप लाग्नु उनि स्वयंका लागि राम्रो होईन भने उनका स्रोतामाझ पनि यस कुराले नकारात्मक छाप नै छोड्ने देखिन्छ । आफैंमा खुविवान् सावित भएका संगीतकारहरुलाई गीत चोरीको आरोप लाग्नु नेपाली संगीत क्षेत्रमा लज्जाको बिषय बन्दै आएको छ ।