कुसुम बनिन् मिस तामाङ

मिस तामाङ पोखराको उपाधी बिरौटाकी कुसुम तामाङले जितेकी छिन् । मिस तामाङसँगै उनले बेस्ट पर्सनालिटी टाइटल पनि हात पारिन् । उपाधीसँगै उनले नगद ५० हजारसहित ताज र ट्रफी हात पारिन् ।

विजेता तामाङले म्युजिक भिडियो अभिनयको अवसरसमेत प्राप्त गरेको आयोजक बैदाम तामाङ समाजले जनाएको छ । उनलाई प्रमुख निर्णायक कलाकार तथा पाइलट विजय लामाले राष्ट्रिय गानको एक अंश ‘बहुल जाती भाषा धर्म संस्कृति छन् विशाल’ वाक्यंशले के पुष्टी गर्छ ? प्रश्न राखेका थिए ।

नालामुखकी प्रीति तामाङ मिस कन्फिडेन्टको टाइटलसँगै फस्ट रनरअप भइन् । उनले नगद ३० हजारसहित ताज, ट्रफी प्राप्त गरिन् । रामेछापकी सजना वाइवा मिस ट्यालेन्ट टाइटलसँगै सेकेन्ड रनरअप बनिन् । उनले नगद २० हजार रुपैयाँसहित ताज, ट्रफी हात पारिन् । लामागाउँकी श्वेता पाख्रिन मिस पपुलर टाइटलसँगै भ्युवर्स च्वाइस अवार्ड हात पारिन् । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरिन् ।

बिरौटाकी सुस्मा लोप्चान मिस कल्चर, बाटुलेचौरका सोफिया स्याङबो मिस पंक्च्युअल, काठमाडांैकी जेमिना घिसिङ मिस फ्रेन्ड्ली, घारीपाटनकी रिस्ता घिसिङ मिस डिसिप्लिन, रत्नचोककी अमृता तामाङ मिस फोटोजेनिक, एयरपोर्टकी अस्मिता तामाङ बेस्ट वक, काठमाडौकी रिता लोप्चान बेस्ट स्माइल, लेकसाइडकी मिनु थोकर बेस्ट पर्फमेन्स, पोखरा बुद्धचोककी सोनी तामाङ ब्युटी विथ पर्पोज, सिर्जनाचोककी आशा तामाङले बेस्ट हेयरको टाइटल जित्न सफल भइन् । प्रतियोगितामा देशभरबाट १४ जना प्रतिस्पर्धी सहभागी थिए ।

बैदाम तामाङ समाज पोखराले २८५५ औं सोनाम ल्होसारको अवसरमा ‘ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा’ आयोजना गरेको हो । प्रतियोगिताको निर्णायकमा कलाकार तथा पाइलट विजय लामा, नेपालको पहिलो अन्र्तराष्ट्रिय मोडल कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, पोखरा विश्वविद्यालयका सह प्रशासकीय अधिकृत तथा पहिलो मिस पोखराका फस्ट रनरअप रजनी केसी, मिस तामाङ नेपालका संयोजक रञ्जिता लामा, गायक, संगीतकार स्यामसुङ तामाङ थिए ।

प्रतियोगितामा पहिलो नेपाल आइडल बुद्ध लामाले प्रस्तुति दिएका थिए । कार्यक्रमबाट बचेको रकम समाजले लेकसाइडमा बनाइरहेको ‘रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बा’लाई खर्च गरिने समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।