प्रेमलीला’की नायिकाले निर्देशक पाण्डेलाई लगाइन् गम्भिर आरोप

फागुन १०गतेबाट प्रदर्शनमाआउनलागेको फिल्म’प्रेमलीला’की नायिका दिपशिखा खड्काले फिल्मका निर्देशक जनक पाण्डेलाई गम्भिर आरोप लगाएकी छिन् ।

उनले फिल्मको आधा छायाँकन सकिन लाग्दा फिल्म छायाँकन सेट छोडेर हिँडेका निर्देशक पाण्डेले आर्थिक हिनामिना गरेको आरोप लगाएकी हुन् । नायिका खड्काले सामाजिक संजाल फेसबुकमा स्टाटस पोस्ट गर्दै फिल्ममा लागानी समेत गर्ने सर्तमा पाण्डे निर्देशक बनेको र छायाँकनको समयमा पैसा निकाल्न नसकीआफुसँग लिएको पैसाको समेत हिसाब(किताब देखाउन नसकेर भागेको बताएकी छिन् ।

स्टाटसमा उनले भनेकी छिन्,’मैले बार(बार फोन सम्पर्क गरे, फेसबुकमाम्यासेज गरे कुनै जवाफआएन त्यसपछी रिसले गाली गरेर म्यासेज गरे, पुलिस केस गर्ने धम्कीदिए तर पनि केही सिप लागेन’ ।

निर्देशक पाण्डेले आफुलाई धोका दिएको कारण आफुले सुन र गाडी समेत बेच्न परेको गुनासो पोख्दै नायिका खड्काले निर्देशक पाण्डेकी श्रीमती बिष्णु चापागाई पाण्डेबाट आफुलाई विभिन्नअपशब्द सहित काम्यासेज आएको र आफुले मानसिक तनाब भोग्नु परेको बताएकी छिन् ।


पछिल्लो समय सार्वजनिकफिल्मसँग सम्बन्धित सामाग्रीहरुमा समेत निर्देशकको नाम हटाईएको छ । ’जसले फिल्मको छायाँकन नै पुरा गरेको छैन उसलाई निर्देशक भनेर मेरो फिल्ममा राखिरहनुको कुनैऔचित्य छैन त्यसैले मैले नाम हटाएको हुँ’, नायिका खड्काले भनिन् । निर्देशक पाण्डेका बिरुद्ध आफुले निर्माता संघ र निर्देशक संघमा निवेदन दिएको समेत खड्काले बताइन् ।

’आशा छ म एक महिला भएर नेपालीफिल्म क्षेत्रमा केहि गर्छु भन्ने सोच सहितआएको मान्छेलाई निवेदनको आधारमा सम्बन्धित संस्थाले न्यायदिलाइ दिनुहुनेछ’, नायिका खड्काले भनिन् । अब फिल्मकी नायिका र निर्देशकबिचको मनमुटावले कुन रुप लिन्छ त्यो भने हेर्न बाँकी छ ।

फिल्ममा नायिका खड्कासँगै अलिखान, मौसम खड्का लगायतको अभिनय रहेको छ। प्रेम कथामाआधारित फिल्मको कथा, पटकथा र संवाद समेत नायिका खड्काले नै लेखिकीहुन् ।

उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छ :

पैसा नहुनेले किन फिल्मबनाको त रे बुर्कुन्ची लोग्नेले पैसा फसाइदेर फरार छ मरेको बाचेको अत्तो पत्तो छैन

स्वास्निको तेस्तो कुरो मेरो औकात थाह छ रे सालाअब मेरो औकात हेर
धेरै चुप बसे म तेसै छोड्दिन मलाई मानसिक यातनाभयो

मेरो टिमको सबैलाई जान्कारी छ जनक पाण्डे आफुले पनि लगानी गर्ने शर्तमा फिल्म गरेको हो शुटिङको क्रममा एक रुपैया पनि निकाल्न नसकेर उल्टै म बाट लिएको पैसाको पनि हिसाब(किताब देखाउन नसकी भागेको हो ।

मैले बार(बार फोन सम्पर्क गरे,फेसबुक माम्यासेज गरे कुनै जवाफआएन तेसपछी रिसले गाली गरेर म्यासेज गरे,पुलिस केस गर्ने धम्कीदिए तर पनि केहि सिपलागेन’अन्तिममा मेरो दिदिले १५ लाखदिनु भयो शुटिङ रोक्किएको थाहापाएर तेतीले पनि पुगेन र मैले आफु सङ भएको सुन र गाडी बेचेर शुटिङ सक्काए म बिबस थिए घरमा पैसा माग्न सकिन तर मैले इज्जतफालिन कसैको पैसा खाइन फिल्मलाई पुर्ण रुप दिएअझै २०(२२ लाखको खर्च छ जती सक्छु तेती गर्छु तर मेरो औकातको कुरा गर्ने हैसियत तिमीहरु जस्तो भिकारी सङ छैन चेतना भया बिष्णु चापागाई पाण्डे ।