फोर्थ फस्र्ट राइफल्सलाई भलिबल उपाधि

भारतीय भूतपूर्व गोरखा सैनिक इन्टर बटालियन भलिबल प्रतियोगिताको उपाधि फोर्थ फस्र्ट गोरखा राइफल्सले हात पारेको छ । भारतीय राजदूताबास पेन्सन वितरण क्याम्प रामबजार पोखराको मैदानमा भएको फाइनल खेलमा थर्ड एट गोरखा राइफल्सलाई हराउँदै फोर्थ फस्र्ट गोरखा राइफल्सले उपाधि जितेको हो ।

बेस्ट अफ फाइभका आधारमा खेलाइएको फाइनलमा फोर्थ फस्र्ट गोरखा राइफल्सले थर्ड एटमाथि २५–१५, १८–२५, २५–१२, २४–२६ र १५–१२ को जित निकाल्दै उपाधि जितेको हो ।
विजेता फोर्थ फस्र्टले उपाधिसँगै नगद २५ हजार साथमा सिल्ड, ट्रफी र मेडल पुरस्कार हात पा¥यो । रामबजार पेन्सन वितरण क्याम्प प्रमुख कर्णेल प्रतीक शर्मा, मेजर डा. शिवप्रसाद सिंह र एसबीआई बैंक गण्डकी प्रदेश प्रमुख पुजनराज अर्यालले विजेता टोलीलाई नगद, सिल्ड, ट्रफी र मेडल वितरण गरे ।

प्रतियोगिताको उपविजेता थर्ड एटले नगद १५ हजार र मेडल हात पा¥यो । रामबजार पेन्सन वितरण क्याम्प प्रमुख कर्णेल प्रतीक शर्मा, मेजर डा. शिवप्रसाद सिंह र एभरेष्ट बैंक गण्डकी प्रदेश शाखा प्रमुख राजु गौलीले उपविजेता टोलीलाई पुरस्कार वितरण गरे ।

यसअघि, सेमीफाइनलमा फोर्थ फस्र्टले फस्र्ट फोर्थ गोरखा राइफल्समाथि २५–१७ र २५–२० तथा थर्ड एटले ६४ (सिक्स्टी फोर) रेजिमेन्टमाथि २५–१९ र २५–२० को जित निकाल्दै फाइनल पुगेको थियो । सेमिफाइनल चरणसम्म बेस्ट अफ थ्री का आधारमा खेल खेलाइएको थियो । प्रतियोगितामा १७ टिमबीच प्रतिस्पर्धा भएको थियो ।