राखी सावन्तले नेपालीलाई नचाउने

बलिउडकी कन्ट्रोभर्सी क्वीन एवं आईटम गर्ल राखी सावन्त नेपाल आउँने भएकी छिन् । माघ १६ मा मोेरङमा आयोजना हुन लागिरहेको अन्तराष्ट्रिय म्युजिक महोत्सबमा उनले बिराटनगरबासीलाई नचाउने भएकी हुन् ।

ग्लोबल डिस्मको व्यवस्थापनमा हुन लागिरहेको महोत्सबमा राखीले आफना चर्चित गीतहरुमा डान्स गर्नेछिन् भने कार्यक्रममा नेपाली कलाकारहरुको समेत प्रस्तुती रहने भएको छ ।

गोपाल फन पार्क विराटनगरमा आयोजना हुन लागेको कार्यक्रममा फेसन शो समेत हुने आयोजकले जनाएको छ । सशुल्क सहभागीता जनाउँन सकिने महोत्सब भने मिस्टी डान्स गाइजले इटहरीले आयोजना गर्न लागेको हो ।