अन्जु पन्तको ‘हाँसी हाँसी बाँच प्रिय’ बजारमा

सुगम संगीतमा निकै रुचाइएकी गायिका अन्जु पन्तको आवाजमा रहेको गीत ‘हाँसी हाँसी बाँच प्रिय’ गीतको अडियो बजारमा आएको छ।

आफ्नो प्रेमीको यादमा गायिका निकै विरहको स्वरमा आफनो विलौना गरेकी छन्। दिपा मोवाहाङ राईको शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गरिएको छ।आफ्ना सिर्जनालाई दर्शक तथा स्रोता माझमा पुर्याउदा निकै गर्व लागेको गीतकार दिपाले बताइन्।

गीतमा एरेन्ज राजु कार्कीको रहेको छ। लिरिकल भिडियोको सम्पादन दिपेन्द्र भटटराईले गरेका छन।

गीतको भिडियो अब चाडैँ नै चर्चित कलाकारहरु समावेश गरेर छायाँकन हुने गीतकार दिपा मेवाहाङले बताइन्।