ऊद्धार (लघुकथा)


उसले आँखा खोली ,सामुन्ने एउटा युबक मुस्कुराइ रहेको थियो ।
तपाइँले मलाइ बचाउनु भएको हो ?
-अस्त ब्यस्त कपडा मिलाउँदै उसले प्रश्न गरी ।
उसले दोहोरो बिजयी भावको स्वीकृतीमा टाउको हल्लायो ।
ऊ बररर आँशु झार्दै रून थाली ।
नरोऊ नानी, अब तिमिले नयाँ जिन्दगी पाएकी छ्यौ – उसले सान्त्वना दियो ।


ऊ झन झन जोर जोरले रून थाली ।
” नरोउ नानी , जो न हुनु थियो त्यो भइ हाल्यो , आखिर तिम्रो ज्यान बचाउनका लागि मैले जाने अन्जाने मा त्यो काम गर्नु पर्यो “।
ऊ आश्चर्य चकित भई, अनि सोधी त्यस्तो के भयो र हजुर अलि बिस्तारमा बताउनुस न ? – रून छाडेर जिज्ञासा पोखी । ज्यान बचाइदिएकोमा सायद उसले माफ गरिदिन सक्छे भन्ने उसको भित्री आत्माले बोल्यो । अनि थोरै समयको मौनता भंग गर्दै घटनाको बेलिबिस्तार लगायो ।

‘तिमीलाई यो नदिले बगाउँदै ल्याएको देखेपछि उ त्यो भेल सम्म पुगेर बढो मुस्किलले बाहिर ल्याउन सफल भएँ । अनि पेट थिचेर सबै पानी बाहिर निकालेँ । तिम्रो शरीर चिसो भइरहेको थियो । मैले मुखमा सास दिएर न्यानो ताप प्रदान गरें । तिमिलाइ नयाँ जीवन दिनका लागि तिम्रो शरीरलाई अगाँलोमा बाँधेर मेरो शरीरको ताप प्रबाहित गराएँ । तिम्रो शरीरको स्पर्शले म यति घेरै तातिन पुगें कि मैले आफुलाइ रोक्न सकिन । नयाँ जिन्दगी दिने मेरो पनि त केही हक लाग्छ भन्ने मनमा पापी ख्याल आयो त्यो बेला । आखिर जो न हुनु थियो त्यो भयो म बाट ।

ऊ रोकियो अनि अनुहारमा हेर्यो , खासै ग्लानी छैन उसमा ।
केही बेर को मौनता तोड्दै ऊ बोली – “बर्बादै भयो नि त ” ।
‘ल ल, यो तिम्रो र मेरो बीच को कुरा भयो । कुरो बाहिर जाने छैन ढुक्क हुँदा फरक पर्दैन, “बाइ द वे ,” त्यहा माथी पूल हुँदाहुँदै किन यत्रो बर्खामासको भेलबाट तर्न खोजेको त नि “? उसले मुख्य कुरा जान्न चाह्यो ।

लामो सास फेर्दै उसले भनी – ” आत्महत्या गर्न ।

‘आखिर त्यस्तो के आइ पर्यो र यो जवानी अवस्थामा त्यस्तो कदम उठाउन बाध्य भयौ त नि ?’ – उसको थप जिज्ञासा ।
उसले मलिन अनुहार लगाउँदै भनी -नमरेर के गरौँ त हजुर ! ,”मलाइ एड्स लागेको छ नि “.

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।