एपीएफ-गण्डकी प्रदेश सेमिफाईनल प्रतिस्पर्धा

बिहीबार सेमिफाईनल समीकरण पुरा हुदाँ साविकको विजेता एपिएफस“गै, प्रदेश नं.३, गण्डकी प्रदेश र अर्को विभागीय टोलीले आ–आफ्ना प्रतिद्वन्द्वीलाई सोझो सेटमा हराउ“दै अन्तिम चारमा स्थान बनाएका छन् । पोखरा रंगशाला भलिबल कोर्टमा विभागीय डर्बी प्रतिस्पर्धामा एपीएफले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनल सुरक्षित गर्दा अर्को विभागीय क्लब नेपाल पुलिस क्लबले पनि अन्तिम चारमा आफुलाई उभ्याएको छ ।

सरस्वती चौधरीको धारिलो स्पाईक आर्मीका खेलाडीको लागि उठाउन निकै सकस हुदाँ सोझो सेटमै पराजित हुदैं प्रतियोगिताबाट विश्राम लियो । आर्मीलाई सोझो सेटमा हराउने क्रममा एपीएफले पहिलो सेट २५–१५ मै राख्यो । दोस्रो सेटमा आर्मी केही बलियो देखिने सम्भावना देखायो । तर अन्त्यमा दोस्रो सेट भने पहिलो भन्दा केही सुधारको संकेत गर्दै २५–१९ मा पुर्यायो । अन्तिम सेटमा पनि आर्मी एपीएफको अगाडि फितलो प्रदर्शन दोहोरियो । २५–१६ मै सेट गुमाएको आर्मीले पोखराको विश्रामलाई अन्त्य गर्यो ।

बिहीबार भएको दिनको पहिलो खेलमा विभागीय टोली एपिएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराएको हो । पहिलो सेटमा सहजै जित निकालेको एपिएफले दोस्रो सेटमा पनि उत्कृष्ट प्रदर्शन दोहोर्याएको थियो । लगातार दुई सेटमा जित निकाले पछि उच्च मनोबलमा रहेको एएिफले अन्तिम सेटमा अझै आर्मीमाथि उत्कृष्ट प्र्रदर्शनलाई निरन्तरता दिदाँ एपिएफको अन्तिमा चारको ढोका खुल्यो, आर्मीले प्रतियोगिताबाट बाहिरियो । अन्तिम चारमा पुग्न सफल एपिएफका प्रशिक्षक ज्ञानेन्द्र विष्टले टोलीको प्रर्दशनमा सन्तुष्ट रहेको बताए ।

“टोली राम्रो प्रदर्शन गर्न सफल भयो । पहिलो सेटमा सहज जित निकाले पनि दोस्रो सेटको सुरुआतमा पछि प¥यौं,” प्रशिक्षक विष्टले भने, “हामी खेलमा फर्किन्छौं भन्ने विश्वास थियो । टोलीले राम्रो गरेकाले खेलमा फर्कियौं पनि । हाम्रो उद्देश्य भनेको सबै खेलमा सहज जित निकाल्ने हो ।”उता पराजित टोलीका प्रशिक्षक कपिल किशोर श्रेष्ठले खेलाडीको आत्मबलको कमिले गर्दा पराजित हुन पुगेको प्रतिक्रिया दिए । “अभ्यासका क्रममा हाम्रा खेलाडीले निकै राम्रो गर्छन् । तर प्रतियोगिताको खेलमा भने के अपुग हुन्छ, के अपुग हुन्छ,” प्रशिक्षक श्रेष्ठले भने, “बलियो टोली भने पछि खेलाडी त्यसै अतालिन्छन् । डराउ“छन अनि तालमेल पनि राम्रो भएन् ।”

बिहीबारै सम्पन्न अर्को खेलमा घरेलु टोली गण्डकी प्रदेशले पनि प्रदेश नं. ५ माथि ३–० को सहज जित निकाल्यो । २५–१४ को पहिलो जित निकालेको गण्डकीले दोस्रो सेट २५–६ र तेस्रो सेट २५–१७ ले आफ्नो बनाउ“दै साविकको विजेता एपिएफस“गको भेट पक्का गरेको हो । उता गण्डकीस“ग पराजित भएको प्रदेश नं.५ पनि प्रतियोगिताबाट घर फर्किएको छ । यस्तै, न्यु डायमन्डका खेलाडीको बर्चश्व रहेको प्रदेश नं. ३ ले पनि प्रदेश नं. १ माथि सहज जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो ।

खेलमा प्रदेश नं. ३ ले पहिलो सेट २५–३ को फराकिलो सेटमा बाजी मारेको थियो । प्रदेश न. ३ ले ८ अंक जोड्दा प्रदेश नं १ पहिलो अंकसहित खाता खोलेको थियो । २ अंक जोड्दा प्रदेश नं ३ ले २० पु¥याएको थियो भने ३ अंक बनाउ“दा प्रदेश नं. ३ सेट आफनो नाममा लेखाईसकेको थियो । पहिलो सेटको सहज जित पछि दोस्रो सेटमा प्रदेश नं. ३ का प्रशिक्षक कुमार राई दोस्रो रोजाईका खेलाडी मैदान उत्रारेका थिए । त्यसपछि पनि हावी बनेको प्रदेश नं ३ ले दोस्रो सेट २५–१४ ले आफ्नो बनायो । तेस्रो सेट २५–१० अंकसहित सोझो सेटको जित निकाल्यो । जित स“गै प्रदेश न. ३ सेमिफाइनलमा पुग्ने तेस्रो टोल बन्यो । पराजित प्रदेश नं १ भने प्रतियोगिताबाट बिदाई भयो ।

उता बिहीबारै सम्पन्न अर्को विभागीय टोली नेपाल पुलिस क्ललबे पनि प्रदेश नं २ लाई सोझो सेटमा हराउँदै दोस्रो सभामुख कप महिला भलिबल प्रतियोगिताको सेमिफाईनल पुग्ने अन्तिम टोलीमा समाहित भयो । सेमिफाईनल प्रदेश नं. ३ स“गको भेट पक्का गर्दा पराजित प्रदेश नं २ भने प्रतियोगिताबाट बाहिरियो । पहिलो सेटमा २५–१४ को जित निकालेको पुलिसले दोस्रो सेट पनि २५–१७ ले आफ्नो बनाएको थियो ।

लगातारको दुई सेटपछि बलियो बनेको पुलिसले तेस्रो सेटमा पनि उत्कृष्ट प्रदर्शन गर्दै २५–१२ को जित निकाल्न सफल भयो । प्रतियोगितामा शुक्रबार सेमिफाइनलका खेल हुनेछन । पहिलो खेलमा एपिएफले घरेलु टोली गण्डकी प्रदेशको सामना गर्दा दोस्रो खेलमा प्रदेश नं. ३ ले विभागीय टोली नेपाल पुलिसको सामना गर्नेछ ।

www.kheladinews.com