४० वर्षमाथिको उमेर समूहको एट ए साईड फुटबल

उमेर ढल्केसँगै स्वास्थ्य प्रतिको सचेतना जगाउने उद्देश्यसहित बगर भाईखलकले यही माघको ८ गतेदेखि ४० वर्ष उमेर माथिको समूहको फुटबल प्रतियोगिता गर्ने अन्तिम तयारीमा जुटेको छ । ८ औं संस्करणको “आंठौं रन्जित गुरुङ्ग स्मृति बगर भाइ खलक एट–ए–साइड फुटबल प्रतियोगिता” को नारा पनि “स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” तय गरिएको छ ।

२०६८ साल देखि ४० वर्ष माथिको उमेर समूहको फुटबल प्रतियोगिता गर्दै आएको बगरभाई खलकले यस वर्ष अझ स्तरीय प्रतिस्पर्धा गराउने योजना बनाएको छ । संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले प्रतियोगितामा भारतका दुई टिम सहित नेपालका गरि २६ टिमको सहभागिता रहने जानकारी गराए । ४० बर्ष देखि ६५ बर्षको उमेर समुहका पाका खेलाडीहरुको खेलबाट नयां पिढीलाई खेलकूद प्रति अभिरुची जगाई भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्य सहित आयोजना गरिएको प्रतियोगितामा यस पटक पूर्व अन्तराष्ट्रिय पूmटबल खेलाडी, पूर्व राष्ट्रिय प्रशिक्षक एवं एन्फाका केन्द्रिय उपाध्यक्ष कृष्णबहादुर थापालाई ताम्रपत्र एवं दोसल्ला सहित सम्मान गरिने समेत उनले सुनाए ।

प्रतियोगीतामा प्रथम पुरस्कार विजेताले नगद १ लाख र द्वितियले ५० हजारका साथमा ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, फाइनल खेलको म्यान अफ दि म्याच प्राप्त गर्ने खेलाडीले ट्रफी सहित जनही नगद ५ हजार पाउनेछन । माघ १२ गते सम्म पोखराको पुंरानो टुंडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा संचालन हुने छ । प्रतियोगितामा १३ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

१८ लाख आम्दानी हुने अनुमान संस्थाले गरेको छ । सातौं संस्करणको प्रतियोगितामा आयोजक बगर भाइ खलकले उपाधि रक्षा गरेको थियो । संस्थाका महासचिब एवम कास्की जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष यामबहादुर गुरुङले संस्थाले आफ्नो सामाजिक उतरदायित्व अन्र्तगत आठौं सस्करणबाट बचत रकम मध्ये १ लाख ५१ हजार पोखराको टुँडिखेल मैदानको स्तरोन्नतिका लागि खर्च गरिने बताए ।