सभामुख कप राष्ट्रिय महिला भलिबलमा सशस्त्र र आर्मीको जित

रेलु टोली गण्डकी प्रदेश नेपाल पुलिस क्लबसँग स्तब्ध बन्दा अर्को विभागीय टोली शसस्त्र प्रहरीले पनि प्रदेश नं १ लाई सजिलै पराजित गरेको छ । अर्को खेलमा प्रदेश न. ३ ले त्रिभुवन आर्मीलाई चौथो सेटमा पराजित गर्दै दोस्रो सभामुख कप महिला भलिबल प्रतियोगितामा सुखद शुरुवात गरेका छन् ।

प्रदेश नं ३ ले आर्मीमाथि ३–१ सेटले पन्छाउँदै क्र्वाटरफाईनलको ढोका विजेताको रुपमा खोल्यो । यद्यपी आर्मी हारले पनि अन्तिम आठ प्रवेश गरेको छ । पहिलो सेट २५–१० ले पहिलो सेट लिदैं क्र्वाटरफाईनल यात्रा सहज बनाएको प्रदेश ३ लाई भने दोस्रो सेटमा झट्का लाग्यो । खेलमा फर्किएको आर्मीले दोस्रो सेट आफनो पक्षमा पार्दा प्रदेश ३ भने १२ अंकमै सीमित रह्यो ।

तेस्रो सेट भने आर्मीले प्रतिभा मालीको टोलीलाई कडा चुनौति तेस्र्यायो । तर अन्तिम समयमा २५–२० ले लिएपछि २–१ सेटको अग्रता कायम राख्यो । अन्तिम सेट पनि मालीकै सर्भिसमा लगातार ९ अंक जोडेपछि आर्मी माथि चौथो सेट भने प्रदेश नं ३ ले आर्मीलाई २५–१४ सेटमा रोकिदियो ।

सशस्त्र प्रहरी बलले पहिलो खेल जित्न खासै मेहनत भने गरेन् । आफनै कमजोरीले अंक गुमाएको शसस्त्रले पहिलो सेट २५–३ ले लिदैं प्रदेश १ माथि दोस्रो सेट पनि २५–८ मा लियो । तेस्रो सेट पनि २५–३ मा लिदैं सशस्त्र प्रहरी बलले महिला भलिबलमा आफनो उपस्थितिलाई प्रदेश सामु बलियो देखायो ।

प्रदेश नं ५ ले पोखरा आगमनलाई सार्थक बनाउने क्रममा प्रदेश नं २ लाई सजिलै पराजित गर्यो । क्र्वाटरफाईनलको सम्भावना बलियो बनाउने क्रममा प्रदेश नं ५ ले प्रदेश नं २लाई २५–१०, २५–१४ र २५–८ को सेटले पन्छाएको थियो । नेपाल पुलिसले उदघाटन खेलमा घरेलु टोलीमाथि २५–१९, २५–२० र २५–१७ को सेटमा पराजित गर्दै क्र्वाटरफाईनल तय गर्यो । पुलिस र गण्डकी प्रदेश समूह डीमा छन् । दुवै टोली विजेता र उपविजेताको रुपमा क्वार्टरफाईनल प्रवेश गरेका हुन् ।

प्रतियोगितामा तीन विभागीय तथा सात प्रदेश गरी १० टोलीले प्रतिस्पर्धा उत्रिएका छन् । प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि २० लाख रुपैयाँ उपलब्ध गराएको छ । उपलब्ध गराएको बजेटबाटै प्रतियोगिता सम्पन्न गर्नुपर्ने क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिताको लागि ३८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले सुनाए ।

प्रतियोगितामा विजेता टोलीले नगद ३ लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छ । दोस्रो हुने टोलीलाई १ लाख ७५ हजार, तेस्रोलाई १ लाख रुपैयाँ र चौथोलाई सान्त्वना स्वरुप २५ हजार रुपैयाँ प्रदान गरिने क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । उत्कृष्ठ विधा तर्फ बेष्ट स्पाईकर, बेष्ट सेटर, बेष्ट लिबरो, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट प्रशिक्षकलाई नगद ५हजार सहित सम्मानित गरिने छ । उत्कृष्ठ खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिताका प्रचार प्रसार संयोजक दिपकबहादुर गोदारले जानकारी दिए । प्रतियोगिताको उदघाटन गण्डकी प्रदेश मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए । pic by umesh pun

www.kheladinews.com